लुम्बिनी प्रदेशका चार जना प्रदेशसभा सदस्यले दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । उनीहरू चारैजना अहिले प्रदेशका मन्त्री छन् ।
एमाले नेता शंकर पोखरेलको सरकार जोगाउन पार्टीको ह्पि उल्लंघन गरेका सन्तोषकुमार पाण्डेय, विजयबहादुर यदव, सुमन शर्मा र कल्पना पाण्डेलाई जसपाको उपेन्द्र यादव पक्षले कारवाही गरेको थियो ।
रिट निवेदनमा अध्यक्ष उपेन्द्र यादव, पार्टीको संसदीय दलका नेता सहसराम यादव, लुम्बिनी प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्ती, प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरलाई विपक्षी बनाइएको छ।