जाल्पाद्धारा निर्माण गरिएको विद्यालयको खर्च रौतामाई ७ पुवारेमा सार्वजनिक

शंकर रिखाम मगर
उदयपुर, साउन २६ ।
उदयपुरको रौतामाइ गाउँपालिका वडा नम्वर ७ स्थित जनता साना किसान आधारभुत विद्यालयमा जाल्पा एकीकृत विकास समाज उदयपुरको आयोजनामा भवन निर्माण खर्च सार्वजनिक सुनुवाइ सम्पन्न गरेकोछ ।
उक्त सार्वजनिक सुनुवाइ कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणवहादुर रायाको अध्यक्षतामा संचालन गरिएको थियो भने प्रमुख अतिथिमा रौतामाइ ७ का वडा सदस्य टेकवहादुर राना अतिथिहरुमा वडा महिला सदस्य कमला सार्की, वर्ल्ड भिजन इन्टरनेशनल नेपालका प्रतिनिधि गोविन्द चपाइ, जाल्पा एकीकृत विकास समाज उदयपुर प्रतिनिधि सदस्य शंकर रिखाम मगर, कार्यक्रम अधिकृत कमलवहादुर कटुवाल सहित सव इन्जिनियर चुडामुणी मगर र विद्यालयका शिक्षक, शिक्षिका लगाएत अविभावकहरुको उपस्थिती रहेको थियो ।


विद्यालयलाई आइसिटी कक्षा संचालनको लागि २ कोठे आरसिसि भवन देखि कम्प्युटर सामाग्री सेट, विद्यालय घेरावेरा, खाने पानी तथा पुरानो भवन मर्मत सम्हार तर्फ जाल्पा एकीकृत विकास समाज उदयपुर र वर्ल्ड भिजन इन्टर नेशनल नेपालवाट ५५ लाख ९४ हजार ७ सय ३ रुपैयाँ र रौतामाइ गाउँपालिकाले १२ लाख ९१ हजार १ सय ३४ रुपैयाँगरि ६८ लाख ८५ हजार ८ सय ३७ रुपैयाँ खर्च भएको जल्पाका गोल परियोजना अन्तर्गतका कार्यक्रम अधिकृत कमलवहादुर कटुवालले प्रस्तुती गरेका थिए ।
विद्यालयमा स साना बाल वालिकाहरुले कम्प्युटर माध्यमवाट अध्ययन तथा पठन पाठन गर्न पाउँदा खुशी देखिएको र लाखौं लाख रुपैयाँ वरावरको सहयोग अनुदान पाउँदा विद्यालय सहित गाउनै नमुना भएको महशुस भएको वडा सदस्य टेकवहादुर राना मगरले मन्तव्यको क्रममा वताए ।
आफ्नो नानीवावुहरु सानै उमेरमा कम्प्युटर माध्यमवाट विभिन्न किसिमका ज्ञान गुणका कुराहरु सिकेर अन्य ठाउँहरुमा भागलिन र सहभागिता जनाउन नहिच्किचाउने अविभावक इन्दिरा कटुवालले वताइन ।
बिद्यालयलाई वस्नदेखी लिएर सिक्न, खेल्न, रमाउन,आवस्यक पठन पाठनको लागि भवन, सहित सम्पुर्ण अति आवस्यक सामाग्रीहरु उपलव्ध गाराइदिएकोमा आयोजक संस्था साथै सहयोगी संस्थालाई बिद्यालयका प्रधानाध्यापक गोविन्दवहादुर रायाले धन्यवाद तथा बाँकी थप आवस्यक योजनाहरु गर्नलाइ आग्रह गरेकाछन् ।


बिद्यालयमा हस्तान्तरण गरिने भवन लगाएत सम्पुर्ण सामाग्रीहरु अविभावक तथा बिद्यालयको हो, वर्षौं अगाडि वालवालिकाहरुले कालोपाटिमा सेतो चक र डष्टर्ड प्रयोग गरिन्थ्यो त्यसको धुलो तथा फोहोरले स्वास्थ्यमा असरहरु पुग्ने भएकोले त्यसलाइ न्युनिकरण गरिदै आइसिटी माध्यमवाट पठन पाठन गराउने उद्धेश्य रहेको वर्ल्ड भिजनका प्रतिनिधि गोविन्द चपाइले वताए । सम्पुर्ण सामाग्री हस्तान्तरण पश्चात् विध्यालयको जिम्मामा रहने भएकोले त्यसलाइ युगौ युगसम्म जगेर्ना गर्नुपर्ने पनि वर्ल्ड भिजन प्रतिनिधि चपाइले प्रष्ट पारिदिए ।
वर्षौ अगाडिवाट विद्यालयलाइ सहयोग गर्ने निकायको खोजिमा रहेको विद्यालयले वल्ल मुहार फेर्न सफलताको शिखर चुमेको वताउदै विद्यालय व्यवस्थापन समितिका सदस्य गोविन्दवहादुर सार्किले कार्यक्रम समापन गरेका थिए ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने