जाल्पाद्धारा सकारात्मक अभिभाबकत्व प्रशिक्षक प्रशिक्षण तालिम सन्चालन

किशोरकिशोरीहरुको समग्र बिकास एबं रुपान्तरणको लागि सकारात्मक अभिभाबकत्व प्रशिक्षक प्रशिक्षण सम्वन्धि ३ दिवसिय तालिम मंगलबारबाट रौतामाई गाउपालिका ६ निकासमा संचालन भएको छ ।
वल्र्डभिजन इन्टरनेसनल नेपालको सहयोग,जाल्पा एकिकृत बिकास समाज ( जिड्स ) उदयपुरको आयोजनामा तथा रौतामाई गाउँपालिकाको समन्वयमा सामाना परियोजना अन्तर्गत तालिम संचालन भएको जाल्पा एकिकृत विकास समाज,उदयपुरको सुचना अधिकारी रुद्र प्रसाद पोखरेलले वताउनु भयो ।

सहभागिहरु समुदायमा हुने बालबिबाहका घटना बारे अभिनय गर्दै

कार्यक्रममा रौतामाई गाउँपालिकाका आठै वटा वडाका १३ जना शिक्षक तथा अभिभाबकहरुको सक्रिय सहभागीता रहेको छ । कार्यक्रमको उद्घाटन सत्रलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै रौतामाई गाउपालिका वडा नं. ६ को अध्यक्ष तिल बहादुर रानाले किशोरकिशोरीहरुको समग्र बिकास एबं रुपान्तरणको लागि अभिभाबक तथा परिवारको प्रमुख भुमिका रहेको र कुशल अभिभाबक भएमा मात्र किशोर किशोरीले चाहेका कुराहरु पुरा गर्न सक्छन् तसर्थ यस कार्यक्रमको उदेश्य प्राप्तीका लागि अभिभाबकहरुलाई सचेत गराउनु पर्ने जुन जिड्स उदयपुरको आयोजनामा सन्चालित यस तालिम पश्चात पुराहुने जानकारी गराउदै यसका लागि अभिभाबक अभिमुखिकरणलाई जोड दिनुपर्ने बताउनुभयो ,यस्तै उहाँले वर्तमान समयमा यस पालिकामा बाल विवाहका घटनाहरु धेरै भएको र यस घटना प्रति दुःख प्रकट गर्दै यस कार्यक्रम संचालन पस्चात उमेर नपुगी विवाह गर्दा आईपर्ने समस्याहरुको बारेमा किशोरकिशोरी तथा अभिभावकहरु संग खुलेर छलफफल गर्नु पर्ने र उक्त छलफल पश्चात बाल विवाहमा कमि आउने बताउनुभयो ।

खेलको माध्यमबाट सहभागिहरु सिक्दै


कार्यक्रममा सामना परियोजनाको मुख्य उद्देश्य र लक्ष्यको बारेमा र किशोर किशोरीहरुको रुपान्तरण सम्बन्धीको अभियान संचालन बारे जानकारी गराउदै जिड्सका कर्मचारी केशब राना मगरले स्वागत मन्तब्य राख्दै तालीम पश्चात अभिभाबकहरुलाई अभिमुखिकरण कार्यक्रम सन्चालन गरी चेतना फलाउनको लागि सवै सरोकारवालाहरुको साथ, सहयोग र समन्वयका लागि अनुरोध गर्नुभयो ।


जाल्पा एकिकृत बिकास समाज (जिड्स) उदयपुरका सुचना अधिकारी रुद्र प्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न भएको उद्घघाटन सत्र कार्यक्रम जिड्स उदयपुरको कर्मचारी भरत बोहोराले सन्चालन गर्नुभएको उतm कार्यक्रम मा जनप्रतिनिधि, सरोकारवालाहरु साथै सहभागिको रुपमा शिक्षक अभिभाबकको उपस्थिती रहेको थियो ।
जाल्पा एकिकृत बिकास समाज, उदयपुरको आयोजना रहेको कार्यक्रममा वल्र्ड भिजन ईन्टरनेश्नल नेपालको सहयोग तथा रौतामाई गाउँपालिकाको समन्वयमा सन्चालित तालिम चेत्र २४ देखि २६ गते सम्म संचालन हुने जसमा प्रशिक्षकको रुपमा चन्द्रकुमारी सुब्बाले प्रशिक्षण गर्नु हुने छ । रौतामाई गाउँपालिकाका आठै वटा वडाका १३ जना शिक्षक तथा अभिभाबकहरुको सहभागीता रहेको र वहाहरुले तालिम पश्चात स्थानिय स्तरमा रुपान्तरण कक्षाका अभिभाबक र अन्य अभिभाबक हरुलाइ समय समयमा सकारात्मक अभिभाबकत्व सम्वन्धि अभिमुखिकरण कार्यक्रम सन्चालन गर्नेछन् ।

प्रशिक्षण कार्यक्रममा बाल अधिकार, किशोरकिशोरी, लिङ्ग र लैंगिकता, यौन तथा प्रजनन स्वास्थ्य, बाल बिबाह, बाल दुव्र्यबहार, एच. आई. भी. र लागु औषध ,जीबिकोपार्जन लगायतका बिषयमा प्रशक्षिण गराईने प्रशिक्षक सुब्वाले जानकारी दिनुभयो ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने