जाल्पाले गर्‍यो उदयपुरमै पहिलो पटक आत्म-रक्षा सम्वन्धि तालिम संचालन

आनन्द खड्का, गाईघाट “उपेक्षा ,दुव्र्यवहार हिंसा विरुद्धको व्यवस्थापनका लागि किशोरकिशोरीको सशक्तिकरण भन्ने मुल नाराको साथ ४ दिवसीय आत्म-रक्षा तालिम जाल्पा एकिकृत बिकास समाज उदयपुरको सामना परियोजनाले वल्र्ड भिजन ईन्टरनेशनल नेपालको सहयोग र रौतामाई गाउँपालिकाको समन्वयमा कोहबर होटेल गाईघाटमा तालिम संचालन भएको छ ।

जाल्पा एकिकृत बिकास समाज उदयपुरको सचिब सुमन परियारको अध्यक्षता तथा जिल्ला समन्वय समिती उदयपुरका प्रमुख खड्ग बहादुर दर्नालको प्रमुख अतिथ्यमा संचालन भएको उद्धघाटन सत्रको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय उदयपुर, शसस्त्र प्रहरी बल नेपाल नं. ५ गण, हेडक्वाटर त्रियुगा,उदयपुरका प्रतिनिधिहरु र नेपाल पत्रकार महासंघ जिल्ला शाखा उदयपुरका अध्यक्ष भरत खड्का अतिथ्यता रहेको थियो ।

जाल्पा एकिकृत विकास समाज उदयपुरले रौतामाई गाउँपालिकामा सामना र सिइ.एस. पि.परियोजना संचालन गरिरहेको र सामना परियोजना अन्तरगत रौतामाई गाउँपालिकाको ८ वटा वडाका २० वटा किशोरी समूह मार्फत ६०० जना किशोर किशोरीहरुको सशक्तीकरणको लागि परियोजनाले काम गरिरहेको जाल्पा एकिकृत विकास समाज उदयपुरका सचिव सुमन परियारले बताउनु भयो ।


साथी सहजकर्ताहरुलाई आत्म-रक्षा प्रशिक्षक प्रशिक्षण तालिम संचालन गरी सनिवार संचालन हुने रुपान्तरण कक्षाका ६०० जना किशोरकिशोरीहरुलाई उनिहरु माथी हुने उपेक्षा, दुव्र्यवहार र हिंसा विरुद्ध आवाज उठाउन तथा प्रतिकार गर्न सक्षम बनाउने उद्देश्यले तालिमको आयोजना गरेको परियारले बताउनु भयो ।

आत्म-रक्षालाई जीवन उपयोगी सिपको रुपमा पनि लिन सकिन्छ । जसले गर्दा हरेक मानिसको आफ्नो दैनिक जीवनमा आइपर्ने क्रियाकलापहरुलाई जस्तै सहि ढङ्गले निणर्य लिन , नेतृत्व लिन, आवाज उठाउन, हिंसा, दुर्व्यहार र बलात्कारबाट सुरक्षित रहन महत्वपूणर् भूमिका खेल्छ साथै छोरीहरुको सशक्तीकरणमा आत्मबल, आत्मरक्षा क्षमता वृद्धि गरी हरेक छोरी, घर, परिवार, समाजलाई शैक्षिक, आर्थिक, मानसिक, सामाजिक, र सास्कृतिक रुपान्तरणका निमित किशोरकिशोरी तथा युवाहरुलाई आफ्नो समुदायमा परिचालन गर्न अवसर र आवश्यकता रहेको कुरा तालिमको सहायक प्रशिक्षक तथा छोरी शिक्षाका लागि राष्ट्रिय सन्जाल बाग्मती प्रदेश संयोजक श्रद्धा खतिवडाले बताउनु भयो ।


समाजमा जनचेतनाको अभाव, बेरोजगारी, गरिबीको कारणले निम्ताएको घरेलु हिंसा, यौनजन्य हिंसा, बलात्कार, दुव्र्यवहारका घटनाको जोखिम छोरी, किशोरी अथवा महिलाहरुको तुलानामा छोरा , किशोर तथा पुरुषहरुमा कम रहेको साथै किशोरीहरुको सशक्तीकरणको निम्ति किशोरकिशोरीहरु दुबैलाई सक्षम बन्नु पर्ने र बिशेष गरि छोरीहरुमा हुने घरेलु हिंसा, यौनजन्य हिंसा, बलात्कार, दुव्र्यवहार तथा बेचबिखनबाट संरक्षण आबश्यक पर्ने सीप सिकाउनका लागि समुदायका अन्य ब्यक्तिहरुलाई पनि अभियानमा जोडिएर अभियानलाई सफल बनाउनु पर्ने कार्यक्रमका मुख्य प्रशिक्षक तथा गर्ल्स किक नेपालका अध्यक्ष निरज न्यौपानेले बताउनुभयो ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने