जिड्सको अर्धबार्षिक समिक्षा सम्पन्न

जाल्पा एकिकृत बिकास समाज,उदयपुरले बितेको ६ महिनामा कार्यालयले संचालन गरेको कार्यक्रमको त्रियुगा नगरपालिका ‐ १० चप्पन पिकनिक स्पोटमा समिक्षा सम्पन्न गरेको छ ।

सन् २०२१ को अक्टोबर देखी २०२२ अप्रिल सम्म वर्ल्ड  भिजन इन्टरनेसनल नेपाल संग साझेदारी गरि संस्थाले संचालन गरेको कार्यक्रमको बिषयमा जाल्पा एकीकृत विकास समाज,उदयपुरको कार्यसमितिको पदाधिकारीहरू, कर्मचारीहरू र वर्ल्ड  भिजनको प्रतिनिधिहरूको उपस्थितिमा समिक्षा गरिएको हो ।

कार्यक्रममा संस्थाले समुदायमा गरेको कामका,राम्रो अभ्यास,समस्या तथा चुनौतीहरू र सिकाईको बिषयमा संस्थाका कार्यक्रम संयोजक अजयकुमार साहले जानकरी गराउनु भयो । साहले संस्थाले ५ वटा परियोजनाहरु संचालन गर्दै आएको जानकारी गराउदै ६ महिनामा ५१ प्रतिशत खर्च भएको साथै जम्मा ९६० वटा क्रियाकलापहरुमा हाल सम्म ६०७ वटा सम्पन्न भएको बताउनु भयो ।


जाल्पा एकिकृत विकास समाज उदयपुरको अध्यक्ष पुष्पराज पोखरेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका कार्यसमितिको पदाधिकारीहरू, कर्मचारीहरू, वर्ल्ड  भिजनको प्रतिनिधिहरू र जिल्लामा क्रियाशिल सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै वर्ल्ड  भिजन प्रतिनिधि आनन्द खड्काले वल्र्ड भिजनको साझेदार संस्था मुल्याङ्कनको क्रममा जिड्स उत्कृष्ट साझेदारको रुपमा छनौट हुदै आएको र आगामी दिनमा यसलाई टिकाइ राख्न शुभकामना दिदै संस्थाद्धारा समुदाय स्तरमा संचालन हुने विभिन्न गतिविधिहरुको समय समयमा कार्यसमिति र परियोजनाको नेतृत्वकर्ताहरुले अनुगमन गर्न सुझाब दिनुभयो ।


कार्यक्रममा भनाई राख्दै संस्थाका अध्यक्ष पुष्पराज पोखरेलले संस्थामा कार्यरत कर्मचारी,कार्यसमिति पदाधिकारीहरु र दातृ निकायलाई संस्था तथा परियोजनाको उद्देश्य पुरा गर्न गर्नु भएको सहयोगको लागि धन्यवाद दिदै आगामी दिनमा सारोकारवालाहरुको सुझाब सल्लाह अनुसारको संस्थाले कार्यक्रमहरु संचालन गर्ने बताउनु भयो । पोखरेलले कर्मचारीको सेवा सुविधा वृद्धि गर्न दातृ निकाय संग आवस्यक पहल गर्ने जनाउनु भयो ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने