बिरेन्द्र खड्का
रौतामाई-३ लाफागाउँ,उदयपुर
जीवन आफ्नै गतिमा घरी सुस्त घरी छिटो भन्दा छिटो चलिरहेको थियो । जीवनका निकै आरोह अबरोह पार गर्दै हिडेको म एक यात्री थिए , थाहा थियन मेरो गन्तव्य कहाँ सम्मको हो । तर मेरो यात्रा निरन्तर नै थियो , यात्रामा निस्केको पनि करिब ५/६ बर्ष भइसकेको थियो । यो अबधिमा यात्रामा कयौ यात्री भेटिए कोहि केही समय सगै हिडे, कोहि चुपचाप अगि बढे कसैले घुरेर हेरेर गए कोहि मुस्कुराउदै गए ।
समय भन्ने चिज निरन्तर बग्ने नदिको कन्चन पानी जस्तै रहेछ छुटे पनि भेट्न नसकिने जम्मा गरि राख्न नसकिने रहेछ । केही समय अघि मात्र खुलेको जुकरवर्ग नामको क्याफेमा मैले पनि पाईला टेक्ने मौका पाए हेर्दा सुन्दर लाग्ने सबै परिकार एउटै ठाउमा पाईने सबै सग घुलमिल हुन गफगाफ गर्न पाईने मनोरञ्जनका कुरा पनि हेर्न पाईने थियो ।
म क्याफेको नियमित ग्राहक नै बनी सकेको थिए । मेरो दैनिकी बिहान क्याफेको हेल्लो हाई बाट शुरु भएर बेलुका गुड नाईट भनेर मात्र सुत्ने बानी बसि सकेको थियो । म क्याफेमा करिब एक बर्ष अघि तिर एक्लै रमाउदै बसि रहेको बेला तिमि मुसुक्क मुस्कुराउदै आएर नजिकै बसे पछि चिनजान भएको थियो माईली ! त्यस पछि क्याफेमा नियमित हामी आउँदा बोलचाल हुन थाल्यो नियमित बिहान गफगाफ गरेर मात्र हामी नियमित काममा लाग्ने गर्थौ । बेलुका दिनभरी गरेका कामको बारेमा गफगाफ गरेर सुत्ने बानी परी सकेको थियो ।
तिम्रो र मेरो क्याफेको भेटघाट निकै बाक्लो नै हुन थालेको थियो तिम्रो र मेरो एउटा पुस्तक पढ्ने बानी पनि मिल्थ्यो ।
हामी क्याफेमा धेरै पटक पुस्तकको बारेमा गफ पनि गरेका थियौ । माईली तिम्ले बिर्स्यौ होला क्याफेमा आउदा एक पटक तिमी लजाउदै मेरो छेउमा बसेर मुस्कान छरेर नबोली हिडेको । क्याफेको करिब ३/४ महिनाको हाम्रो नियमित भेटघाट पछि केही समय मेरो आफ्नो कामले भेटघाट पातलो भयो । एक दिन क्याफेमा मेरो जिद्दी स्वभावको कारण तिम्रो मन मैले दुखाउन पुगेको थिए तर मैले गरेको गल्ती तिमिले माफ गरिदिएकी थियौ ।
हामी त्यसपछि पनि हप्ताको १/२ पटक महिनाको ५/६ पटक चाहिँ भेटी रहन्थ्यौ । कोरोना महामारीले हामी आआफ्नो घरमा बस्न थाले पछि भने हामी फेरि नियमित क्याफे धाउन थालेको थियौ ! क्याफे बाहिर पनि हाम्रो भेट रेल स्टेशनमा भएको थियो तिमी कालो ज्याकेट कालो जिन्स पाईन्ट र सेतो फुलबुट्टे जुत्ता लगाएर आएकी थियौ । तिम्ले कपाल खुल्ला छाडेकी थियौ भने गाजल पनि मिलाएर चिटिक्क पारेर लगाएकि थियौ । त्यो भेट पछि हामी बाहिर कहिले भेट्न सकेनौ किनकी तिमी र फरक फरक ठाउँमा बस्ने गर्थौ । हामी क्याफेमा भेट्दा लामो समय गफगाफ हुन्थ्यो दुख सुखका कुराहरु हुने गर्थ्यो । तिम्ले साना साना कुराहरु पनि सुनाउने गर्थ्यौ । क्याफेमा तिमी नआएको दिन सुनसान लागेर फर्कन्थे । यो क्याफेको भेटघाट पनि मेरो लागि लत नै बसि सकेको थियो एक दिन सामान्य कुराको कारण हामी क्याफेमा बहस गर्न पुग्यौ । त्यो दिन मैले फेरि जिद्दी स्वभाव देखाएर तिम्रो मन दुखाउन पुगे । भोलि पल्ट बल्ल थाहा पाए तिम्ले मलाई कति सम्झाएको थियौ भनेर । करिब २ महिना देखि हाम्रो कुराकानी क्याफेमा भएको छोईन । क्याफेमा आउन तिम्ले पनि छाडेकी त छोईनौ मैले पनि छाड्न सकिन तर तिम्ले म तिर कहिले फर्केर हेरेनौ मौले तिमी बाहेक क्याफेमा कोहि देखिन ।
क्याफेको यो समय सम्मको भेटघाट हाम्रो एक अबिस्मरणिय याद बनेको छ । थाहा छोईन कहिले सम्म तिमिले यो क्याफेमा मलाई हेर्दैनौ मैले तिमिसग गफगर्न यो क्याफे धाउने हो । हाम्रो सम्बन्ध क्याफेको एक चुरोट जस्तै आगो सल्किएर खरानी बन्न पुगेको छ ।