ताप्ली गाउँपालिकाका बालबालिकाहरुले बुझाए राजनीतिक दलहरुलाई ध्यानाकर्षण पत्र ।

बिरेन्द्र खड्का,उदयपुर
ताप्ली गाउँपालिकाका राजनितिक दलहरु नेपाली काग्रेस, नेकपा माओपादीका पार्टी प्रतिनिधिहरुलाई आसन्न स्थानीय तहको निर्वाचनको संघारमा चुनावी घोषणा पत्रमा बालबालिकाको गौरवको क्षेत्रको रुपमा कार्यान्वयन गर्न बालबालिकाको तर्फबाट राजनीतिक दललाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

बालबालिकाहरुले असन्न स्थानीय तहको निर्वाचनमा पालिकामा भएका पार्टीले विकास लक्षित घोषणा पत्र मात्र नभई बालबालिकाको सम्रग विकास र बालमैत्री वडा तथा पालिका निर्माणका लागि पार्टीको योजना उल्लेख गरि स्थानीय तहको गौरवको योजनाको रुपमा घोषणापत्रमा राख्दै कार्यान्वयनको दिशामा अघि बढ्नका लागि बालबालिकाहरुको साझा सुझावहरुलाई ध्यानाकर्ष पत्रको रुपमा बुझाएको ताप्ली गाउँपालिका ५ की करुणा ज्यूले वताइन ।
ताप्लि गाउँपालिकाको कार्यालय रुपाटारमा संचालित ३ दिवसीय बालक्लब ब्य्स्बस्थापन र बालमैत्री स्थानीय शासन सम्वन्धि तालिममा सहभागी २७ जनाको बालबालिकाहरुको नेतृत्वमा राजनैतिक दलका प्रतिनिधिहरुलाई हस्ताक्षर सहितको ध्यानाकर्षण पत्र बुझाएको र पालिकाको सम्पुणर् वडामा बुझाउने योजना रहेको ज्युले जनाइन ।
बालबालिकाहरुले स्थानिय निर्वाचन अगावै ध्यानाकर्षण पत्र बुझाएकोले आफ्नो पार्टीको घोषण पत्रमा बालबालिकाहरुको संरक्षण र बालमैत्री स्थानिय शासनको बिषय समावेस गरी कार्यन्वयन गर्न पार्टी प्रतिबद्ध रहेको नेपाली काँग्रेस ताप्ली गाउँपालिका सभापती दिप कुमार रास्कोटी वताए । उनले बालबालिकाले बुझाएको यस्तो ध्यानाकर्षण पत्रले बालबालिकाको क्षेत्रमा सहि मार्गदर्शन प्रदान गरेको जनाए ।

त्यसैगरी बालबालिकाहरुले बुझाएको ध्यानाकर्षण पत्रमा उनिहरुले उल्लेख गरेको हरेक बुंदाहरु जायज रहेकोले आफ्नो घोषणपत्रमा बालबालिकाको माग सम्वोधन गर्ने नेकपा माओवादी केन्द्र ताप्ली गाउँपालिका अध्यक्ष गुरु प्रसाद पोखरेलले जनाए ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने