ठविन्द्र मगर
ताप्ली, बैशाख १०
आज ताप्ली गाउँपालिकामा कोभिड – १९ बिरुद्धको पहिलो चरणको खोप लगाएका व्यक्तिहरुले दोस्रो मात्रा लगाएका छन् ।
पालिकाका विभिन्न वडामा कार्यरत स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधिहरु, कर्मचारीहरुले कोभिड १९ खोपको दोश्रो मात्रा लगाएका हुन ।
गाउँपालिकाको कार्यालयमा केन्द्र कायम गरि संचालन गरिएको उक्त खोप अभियानमा ६६ जना पुरुष र ५८ जना महिलाहरुले खोप लगाएका थिए ।