ठविन्द्र मगर
ताप्ली, २२ बैशाख
ताप्ली गाउँपालिकाको विपद् ब्यवस्थापन समितिको बैठक मंगलबार बसेको छ ।
बैठकले बढ्दै गइरहेको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गरि स्वास्थ्य चौकी तथा अन्य सार्वजानिक स्थानमा भएका वास कर्नर पूर्ण रुपमा संचालनमा ल्याउने, स्वास्थ्य चौकी रुपाटारलाई ५ वेडको आइसोलेसन सेन्टरको रुपमा सन्चालनको लागि व्यवस्थापन गर्ने, प्रत्येक वडाको स्वास्थ्य चौकीमा अक्सजिन सलिन्डिर ,नेबुलाइजर,पी.पी.इ सेट लगाएतका अन्य सामग्रीहरुको व्यवस्थापन गर्ने,सङ्कास्पद सामान्य लक्षण देखा परेको तथा बाहरिबाट आउनेहरुलाइ होम क्वारेन्टाईन बस्ने व्यवस्था मिलाउने लगाएतका निणर्य गरेको छ ।