तावाश्री शिखरका आगोलागी पिडित परिवारले पाए राहत

बिरेन्द्र खड्का, उदयपुर

उदयपुरगढी गाउँपालिका १ तावाश्री शिखरटोलका ८ घर आगोलागी पिडितहरुलाई वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल , जाल्पा एकीकृत बिकास समाज उदयपुर र मानव अधिकार तथा वातावरण बिकास केन्द्र हुरेन्डेकले सँयुक्त रुपमा राहत सामाग्री हस्तान्तरण गरेका छन ।


२०७८ साल चैत्र १३ गते दिउँसो ३ बजे तिर बाट शुरु भएको आगलागी बाट उक्त टोलका भैर बहादुर ग्रान्जामगर, यम्बर बहादुर,पदम बहादुर, शेर बहादुर, ओम बहादुर , दिप बहादुर र धनमाया र मनमाया मगर गरि जम्मा ८ घरमा आगलागी भई एक जनाको मृत्यु र अन्य घरको सम्पुर्ण खाद्यान्न, लत्ताकपडा पशु चौपाया पनि जलेर नस्ट भएको स्थानीय बिपद ब्यबस्थापन समिति अध्यक्ष चेत बहादुर आले मगरले बताउनु भयो ।


आगोलागी पिँडित परिवारलाई सस्थाको तर्फबाट एक घर बराबर चामल ५० के. जि.,चिनी २ के. जि., आयो नुन २ के. जि., तेल २ लिटर , चिउरा २ के. जि. र दाल २ के. जि. को दरले खाधन्न सामाग्रीहरु र गैह्रखाध सामाग्री सेट १ थान , झुल २ थान , ४ जोर चप्पल १ सेट भाँडाकुडा प्रत्येक ८ घरलाई र ११ जनालाई स्टेसनरी सामाग्रीहरु पनि उपलब्ध गराईएको जाल्पाका अध्यक्ष पुष्पराज पोखरेलले बताउनु भयो ।
वल्र्ड भिजन ईन्टरनेसनल नेपालले बिगत १० बर्ष देखि उदयपुरको ६ वटा स्थानीय तहमा बालबालिका र किशोर किशोरीको क्षेत्रमा विभिन्न परियोजना मार्फत काम गरि रहेको र यस्ता बिपदको समयमा सहयोग गर्दै आएको र पछि सम्म गरि रहने योजना रहेको वल्ड भिजनका प्रतिनिधि आनन्द खड्काले बताउनु भयो ।


उक्त सामाग्रीहरु लाभान्वित परिवारलाई वडा अध्यक्ष खेत बहादुर आले मगरको रोहबरमा हस्तान्तरण गरिएको हो । उहाले बिपत्ति आई परेको बेलामा सहयोग गर्ने सस्थाहरुलाई धन्यवाद साथै र आगामी दिनमा पनि सहकार्य रहि रहने बताउनु भयो ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने