म कुनै कवि त होइन कबिता लेख्नलाई,
लाज लाग्छ मलाई स्वार्थले भरिएको त्यो रुप देख्नलाई
चाहेर पनि सक्दिन बाढी, पहिरो छेक्नलाई
चाहँदा पनि सक्दिन अब तिमीलाई भेट्नलाई
धाउछु बरु सामन्ती र भ्रष्टचारीको घाँटि रेट्नलाई
तर नसक्ने भय तिमी संग जीवन काट्नलाई
सक्ने थिएं होला बरु मैले जीवन साट्नलाई
तर सकिन मैले तिमिलाई प्रेम गर्छु भनि ढाँट्नलाई
सोच्ने गर्छु अब एक्लै हाँसी हाँसी बाँच्नलाई
सक्दिन मैले तिमी जस्तो, त्यो कलिला मुना भाच्नलाई
बरु योद्धा हुने काम गर्छु नाम राख्नलाई
सक्दिन म अमृत सम्झी बिष चाख्नलाई
सिक्दैछु मत राम्रो कुरा केही अघि सर्नलाई
सच्चा अनि पक्का राम्रो कामको लागि त ज्यान दिन्छु मर्नलाई
केहि गर्छौ भने केही बन्छौ भने सिक्न आउ म सङ्ग
सिकाउछु धेरै अनि त्यो रुप बाट परिबर्तन हुनु तिमि यो सन्सार परोस न दङ्ग !
यो सन्सार परोस न दङ्ग !!!
एल. बि. बिस्वकर्मा
समर्पित : नया पालुवा हुने प्रती /परिवर्तनप्रति