तीव्र गतिले बढ्दै कोरोना सङ्क्रमणको दर :१ हजार ३८ सुरक्षाकर्मी सङ्क्रमित, ३१३ सैनिक आइसोलेसनमा

कोभिड–१९ को तेस्रो लहर सुरु भएसँगै सङ्क्रमणको दर तीव्र बढ्दैछ । त्यस्तोमा सुरक्षामा खटिएका सुरक्षाकर्मीमा पनि सङ्क्रमण बढ्दो छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनामा कार्यरत सुरक्षाकर्मीहरू मध्ये अहिले १ हजार ३८ जना आइसोलेसनमा छन् । कोभिड–१९ सङ्क्रमणको तेस्रो लहर सुरु भएसँगै सबै सुरक्षा निकायले पूर्व सावधानी अपनाउन आन्तरिक सर्कुलर गरेका छन् ।
अहिले, सशस्त्र प्रहरीमा २ सय २१ जनामा सङ्क्रमण देखिएको छ । सशस्त्र प्रहरीका डिआईजी तथा प्रवक्ता मन्दिप श्रेष्ठ पनि कोरोना सङ्क्रमणका कारण आइसोलेसनमा छन् ।


नेपाल–भारत सीमा नाकामा सशस्त्र प्रहरी खटिएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालयले सिमानामा पूर्व सावधानीका लागी अनिवार्य मास्क लगाउन र नेपाल प्रवेश गर्नेहरूका लागी सूचना दिने गरी मास्क लगाउनेबारे फ्लेक्स बोर्ड राखेको छ । सबै जिल्लाका स्वास्थ्य कार्यालयहरूसँग समन्वय गरेर जतिसक्दो चाँडो खोपको व्यवस्थापन गर्न देशभरका कमान्डरहरूलाई सशस्त्र प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।


त्यस्तै, तत्काल नयाँ तालिम सञ्चालन नगर्न र सरकारले तोकेको ‘कोभिड प्रोटोकल’ पालना गर्न आन्तरिक सर्कुलर गरिएको सशस्त्र प्रहरीको मुख्यालयले जनाएको छ । बलम्बुस्थित एपीएफ अस्पतालले नयाँ भेरियन्टको लक्षण र त्यसबारे बच्ने उपायबारे पनि लिखित परिपत्र गरेको छ ।


५०४ जना प्रहरीमा सङ्क्रमण पुष्टि


सुरक्षा संगठनमध्ये सबैभन्दा धेरै कोरोना सङ्क्रमण नेपाल प्रहरीमा फैलिएको छ । तेस्रो लहर सुरु भएसँगै बुधवार साँझसम्म ५ सय ४ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी अस्पतालमा मात्र ६० जना स्वास्थ्यकर्मी र प्रहरीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।


पूर्व सावधानीका लागी प्रहरीले ड्युटीमा हुने बाहेक अरूलाई भिडमा नजान र अनिवार्य मास्क तथा स्यानिटाइजरको प्रयोग गर्न आन्तरिक सर्कुलर गरेको छ ।


अहिले जारी रहेका एडभान्स लेभलको तालिममा पनि २५ जना सम्मको सङ्ख्या र अनिवार्य स्वास्थ्य प्रोटोकल पालना गरेर सञ्चालन गरिएको केसीले बताए । सबै तालिममा प्रोटोकल पालना गरेर प्रशिक्षार्थीलाई आवासीय व्यवस्था गर्न सर्कुलर गरिएको छ ।


३१३ सैनिक आइसोलेसनमा

नेपाली सेनामा ३ सय १३ जना सैनिकलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । तेस्रो लहरमा कोरोना पुष्टि हुने सैनिकको सङ्ख्या बढेपछि जंगी अड्डाले थोरै जनशक्तिबाट सैनिक गतिविधि सञ्चालन गर्न मातहतलाई सर्कुलर गरेको छ ।

नेपाली सेनाको युद्धकार्य निर्देशनालयले आइतबारबाट लागु हुने गरी उपत्यका सहित चारवटा कमाण्ड र मातहतका सबै युनिटलाई सो सर्कुलर गरेको थियो । सर्कुलर अनुसार कार्यालय सञ्चालन गर्दा न्यूनतम जनशक्ति मात्रै परिचालन गर्न भनिएको छ ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने