तुलाराज अधिकारी (सन्तोष )
ठेगाना त्रि.न.पा २ उदयपुर
१ |
बिर्सनु खोज्छु अतितका सारा यादहरु
तर तिमीभन्दा छिटो तिम्रै याद आउँछ
त्यो सुन्दर मुहारको म कसरी चर्चा गरौ
लाग्छ त्यो रुप हेर्न इन्द्र पनि रमाउँछ
गर्नुसम्म राज गरेकी छौ यो जिन्दगीमा ,
घरी तिम्रो मनले घरी नयनले बोलाउछ
त्यो कोमल त्यो गुलाफको के कुरा गर्नु प्रिया
त्यो भन्दा ज्यादा तिम्रो यौवन मगमगाउछ
२ |
सुख दुख आइ हाल्छ जिन्दगी जिएपछि
जिन्दगिकै लागि खुशीको जहर पिएपछि
मेरो जिन्दगी जिन्दगी कहाँ थियो र बरै,
जिन्दगीलाई ,जिन्दगी ठाने तिम्ले साथ दिएपछि
आजकाल मलाई यी सम्बन्धहरु नाटक लाग्छ
सारा चाहनाहरु सम्बन्धलेनै लिएपछि
जन्मेको हु एकलै थाहा छ मर्नुछ एक्लै पनि
मृत्युलाई नि सजिलो ठानेको छु, दुख मनमै सिएपछि