तुलाराज अधिकारी ( सन्तोष ) को दुई प्रेमलिल अनि जीवनरुपी गजल

केही पाए अनि केही गुमाए जस्तो लाग्छ
हरपल नजिक तिमीनै आए जस्तो लाग्छ

तिमी मेरो हुन्छौ या अर्कैको हुनेछौ थाहा छैन ,
तर पनि मेरै कल्पनामा हराए जस्तै लाग्छ

लुकेर हेर्दा बिना अनुमती तिम्रा तस्वीरहरु,
तिम्रा आँखाहरुमा आफैलाई पाए जस्तो लाग्छ

जब जब फूलहरुमा देख्छुनी भमरा झुलेको ,
बगैचामा तिमीलेनै गीत गुनगुनाए जस्तै लाग्छ

सहनै गार्हो हुन्छ यो मनको ढुकढुकीलाई
जब मैले एकोहोरो माया लाए जस्तो लाग्छ

सुखदुःखको एउटा मिठो भोगाइ हो जिन्दगी
सायद हाँसो अनि आँसोको रोजाइ हो जिन्दगी

तिम्रो लागि सदैव भिड भएपनि , मेरो लागि
भिँडको जमातमा पनि एक्लो लडाइँ हो जिन्दगी

सदैव प्रगती एकैनासको नहुदा लाग्दैछ,
नपुरिने खाल्डाखुल्डीको गहिराई हो जिन्दगी

कति फरक छ यो जिन्दगिको परिभाषा पनि,
कसैमा अनमोल कसैमा, मोलाइ हो जिन्दगी

तुलाराज अधिकारी ( सन्तोष )

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने