१३७५1378आसन्न स्थानिय तहको निर्वाचनका लागि उदयपुरको त्रियुगा नगरपालिको मेयरमा काग्रेसका बसन्त बस्नेत र उप मेयरमा सरिता राईले उम्मेदवारी दर्ता गराएका छन् । परराष्ट्र मंन्त्री डा.नारायण खड्काको नेतृत्वमा नारावाजी गर्दै दउिसो प्रमुख निर्वाचन अधकिृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।
बस्नेत नेपाली कांग्रेस उदयपुरको तीन कार्यकाल सम्म क्षेत्रीय सभापती भएका व्यक्ति हुन् । उनी २०७४ सालको नर्विाचनमा ७३ मतले एमालेका तत्कालनि उम्मेदवार बलदेव चौधरी संग पराजित भएका थिए ।
यता नेकपा एमालेबाट भागवत राउत मेयर र महेश्वरी राईले उप मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । माओवादी र एककिृत समाजवादीको गठबन्धनबाट बलदेव चौधरीले नगर मेयर र गीता खड्काले उप मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रयि प्रजानन्त्र पार्टीबाट राम राउत र लोकतान्त्रीक समाजवादी पार्टिबाट दयाराम चौधरीले मेयरमा र बसन्ती देवी झाले उप मेयरमा उम्मेदवारी दर्ता गराएकाछन् ।