त्रियुगा उद्योग बाणिज्य संघका दुई कर्मचारी निलम्बीत संघको विद्यान र निति नियम विपरीत कार्य गरेकोले निलम्बन गरिएको हो ः वर्तमान अध्यक्ष भगत

उदयपुर(गाईघाट), भदौं ११ ।
त्रियुगा उद्योग बाणिज्य संघ उदयपुरले संघको नियम विपरित कार्य गरेको ठहर गर्दै कार्यालयमा कार्यरत दुई जना कर्मचारीहरुलाई तिन महिनाको लागि निलम्बन गरेकोछ ।

संघको कार्यालय सचिव डिल्लीप्रसाद उप्रेती र कार्यालय सहायक संजिव श्रेष्ठले संघको हक, हित र उद्देश्यमाथीनै आँच आउने गरि संस्थाको विद्यान र आचार संहिता विपरित कार्य गरेको भन्दै दुवैजनालाई तिन महिनाको लागि निलम्बन गरिएको संघका अध्यक्ष गजेन्द्र कुमार भगतद्वारा हस्ताक्षरित शुक्रबार जारी गरिएको सार्वजनिक सूचना मार्फत जनाएकोछ ।

दुवै कर्मचारीहरुले संघको आचार संहिता र विद्यान विपरित गत भदौं १ गते संघका सम्पूर्ण पदाधिकारीहरुको पदावधि सकिएको भनि हास्यस्पद ढंगले नियम विपरित अनाधिकारिक तवरले सूचना टाँस गर्ने कार्य गरेको, कार्यालयको कामकाजमा ढिलासुस्ती गरेको, नियमित उपस्थित नभएको, संघको मर्यादामाथी आँच आउनेगरी कार्य गरेको ठहर भएकोले तिन महिनाका लागि निलम्बन गरिएको वर्तमान अध्यक्ष तथा केन्द्रिय सदस्य भगतले बताए ।

कार्यालयको कर्मचारी भएकोले दुवैजनाको जिम्मामा रहेको संघको खातापाता, बैठक पुस्तिका लगायतका महत्वपूर्ण कागजातहरु गैरकानुनी र नियम विपरित तवरले अन्यत्र लगेको र कार्यालयमा दाखिला नगरेकोले सो बारे दुवैजनालाई लिखित स्पष्टीकरण माग गरिएकोमा दुवैले समय सिमा नाघिसक्दा समेत अटेर गरेको र लिखित जवाफ पेश नगरेकोले निलम्बन गरिएको सचिव दिनेश श्रेष्ठले बताए ।

संघले दुवै कर्मचारीहरुलाई २०७८ भदौं २ को चलानी नम्बर ९२ र ९३ को पत्र मार्फत स्पष्टीकरण माग गरेको देखिएकोछ ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने