त्रियुगा उद्योग वाणिज्य संघलाई भोली अदालतले बोलायो छलफलमा

उदयपुर(गाईघाट), २५ पुष । उद्योग वाणिज्य संघको स्वघोषित साधारण सभा तथा अधिवेशन रोकी भोली सोमबार छलफलमा आउन उदयपुर जिल्ला अदालतले जिल्ला प्रशासन कार्यालय मार्फत आदेश जारी गरेकोछ ।


त्रियुगा उद्योग वाणिज्य संघको कार्यवाहक अध्यक्ष रमेश विश्वकर्मा भनी नाम राखेर स्थानिय पत्रपत्रिका मार्फत संघको अधिवेशन पुष २६ र २७ गते हुने भनी सूचना सहित प्रचार प्रसार गरिरहेको बारेमा स्थानिय व्यवसायीहरुले अनाधिकृत साधारण सभा र अधिवेशन रोक्न माग गर्दै उदयपुर जिल्ला अदालतमा रिट दायर गरेको उपर आज आईतबार सुनुवाई हुदा अदालतले सो आदेश गरेको स्रेस्तेदार धनबहादुर कार्कीले बताए ।


माननिय जिल्ला न्यायाधिश माधवप्रसाद सुवेदीको एकल ईजलासले बहस सुनुवाई गरि जिल्ला प्रशासन कार्यालय उदयपुरलाई दुवै पक्षलाई छलफलमा राखि आदेश गर्नुपर्ने देखिएको हुँदा भोली सोमबार विहान १० बजे दुवै पक्षलाई छलफलमा बोलाउन आदेश दिएको हो ।
स्थानिय व्यवसायीहरु कुमार घिमिरे , ईश्वर राई, दिलिप चौधरी र अजयकुमार साह सहित चार जना व्यवसायीहरुले अनाधिकृत साधारण सभा र अधिवेशन रोक्न रिट निवेद दिएका थिए । निवेदक व्यवसायीहरुले कथित साधारण सभा र अधिवेशनको नाममा फर्जि नामावली प्रकाशित गरि करिब एक हजार तिन सय भन्दा बढी व्यवसायीहरुको नविकरण भएको सप्रमाण हुँदाहुँदै पनि नामावलीमा नाम प्रकाशित नगरेको, संघको अडिट फर्जि बनाएको र संघ भित्र भएको अनियमिततालाई ढाकछोप गरि अगाडी बढेको विषयहरु बारे रिट निवेदन सहित प्रमाणहरु पेश गरेकाछन् ।


हचुवाको भरमा गरिने साधारण सभा र अधिवेशनले भोलीका दिनमा थप जटिलता र द्वन्द्व निम्त्याउने देखिएकोले स्थगित गरि सवैपक्षलाई समेटेर सर्वपक्षिय भेलाबाट छलफल गरि अगाडी बढ्नका लागि आफूहरुले यस्तो कदम उठाएको व्यवसायी कुमार घिमिरेले बताए । उदयपुर जिल्ला अदालतले दिएको यस्तो आदेश पछि संघको नामबाट पूर्व प्रचारित साधारण सभा र अधिवेशन स्वत रोकिने देखिएकोछ , अन्यथा कानुनअनुसार अनाधिकृत हुने स्पष्ट देखिएकोछ ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने