उदयपुर जिल्ला त्रियुगा नगरपालिकामा सञ्चालन हुँदै आएको बैंक तथा वित्तीय संस्थाहरु भोलिदेखि बन्द हुने भएका छन् ।

जिल्लामा कोरोनाको दोस्रो लहरको संक्रमण दर दिन प्रति दिन बढ्दै गएकोले कारोना संक्रमण जोखिम न्यूनीकरणका लागि त्रियुगा नगरपालिकाले सुचना प्रकाशन गरि त्रियुगा नगरपालिका क्षेत्र भित्रका बैंक तथा वित्तीय संस्थाहरु भोलिदेखि इलेक्ट्रोनिक बैंकिङ प्रणाली तथा एटीएम सेवा प्रवाह बाहेक अन्य सम्पुर्ण सेवा जेठ ११ गते सम्म ७ दिन बन्द हुने जनाएको छ ।


उदयपुरमा यही वैशाख १९ गतेदेखि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी भएको छ । निषेधाज्ञाको समयमा पनि बैंक तथा वित्तीय संस्थाहरुका कार्यालयहरु सञ्चालन हुँदै आएपछि बैंक तथा वित्तीय संस्थाहरुबाट प्रभावकारी निर्णय अनुरोध भएकाले नगरपालिकाले यस्तो निर्णय गरेको हो ।
हाल जिल्लामा संक्रमितको संख्या ४ सय ५२ पुगेको छ । आज १६ जना पुरुष र ६ जना महिलामा संक्रमण पुष्टि भएको छ ।

त्रियुगा नगरपालिकाले निकालेको सुचना
