त्रियुगा नगरपालिका १६ चिलाउनेमा चैत्र १२ गते सम्पन्न नेपाली काँग्रेस वार्ड कार्यसमितिको बैठकमा नेकपा (माओवादी केन्द्र) परीत्याग गरी दर्जन बढी कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रबेश गरेका छन् । वडा कार्य समिति मितिले गरेको एक कार्यक्रमका बिच उनीहरु पार्टी प्रबेश गरेका हुन् ।
उदयपुर जिल्लामा पछिल्लो चरण बिभिन्न पार्टी परीत्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुको लहर बढेको छ । यसैक्रममा आज नेकपा (माओवादी केन्द्र) परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
पछील्लो चरण कांग्रेसले गरेका हरेक काम, बिचार र सिद्धान्तलाई मन पराएर नेकपा (माओवादी केन्द्र) पार्टी परीत्याग गरी कांग्रेसमा प्रवेश गरेको नब प्रबेशी लोकेन्द्र राईले बताउनुभयो । उक्त कार्यक्रमा नेपाली कांग्रेस वडा नं. १६ का क्षेत्रीय प्रतिनीधि केशब कुमार रायाले नेकपा विभाजन पछि नेपाली काँग्रेश प्रवेश गर्नेको लहर चलेको र जनताले कम्युनिष्टवाट सरकार चल्न नसक्ने भन्दै काँग्रेश खोजिरहेको वताउनु भयो ।
साथै उक्त कार्यक्रममा वोल्दै वडाका सभापति लोक बहादुर राईले अहिले सकारकारले नेपाली जनताको जनमतको खिल्लि उडाएको हुनाले अहिले देशले नेपाली काँग्रेशको आवश्यकता ठानेको भएर काँग्रेसमा प्रवेश गर्नेको संख्या वढिरहेको वताउनु भयो । पद,सत्ता र स्वार्थको लागि देशको संविधान माथि घात गरी जनताले दिएको जनमतलाई कम्युनिष्ट पार्टीका नेताले अपमान गरेर सत्ता संचालन गर्न असफल भएपछि अब नेपालबाट कम्युनिष्टका दिन सकिएर गएको बताउनुभयो ।अब देश संचालनको जिम्मा नेपाली कांग्रेसको काँधमा आएको र अब आगामि चुनावमा पाँच बर्षको कार्यकालमा हाम्रो वडामा भएको राम्रो नराम्रो कुराहरुलाइ मध्य नजर गरी भोट दिने बेलामा भित्रीमन बाट कांग्रेसलाई जिताउनको लागि भोट हाल्न अनुरोध गर्नु भयो ।