उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १६ मा दुई स्वास्थ्यकर्मी सहित २५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । समुदाय स्तरमा कोरोना संक्रमण फैलिए पछि सोमबार वडाका विभिन्न स्थानमा ज्वोरो आएका ४१ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा आधारभुत स्वास्थ्य केन्द्र सुकौराका दुई स्वास्थ्यकर्मी सहित २५ जनामा कोरोना संक्रमण पुष्टी भएको वडा स्तरीय कोरोना संक्रमण नियन्त्रण समितिका सुचना तथा संचार प्रमुख कमल बहादुर कटुवाले वताउनु भयो ।
आज श्री आधारभुत स्वास्थ्य केन्द्र सुकौरामा १८ महिला र २३ पुरुषको कोरोना परिक्षण गर्दा १४ महिला र ११ पुरुष गरि २५ जनामा संक्रमण पुष्टी भएको हो । यो संगै वडामा सक्रिय संक्रमितको संख्या ५८ पुगेको र ३ जनालाई जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको कटुवालले जानकारी गराउनुभयो ।