त्रियुगा नगरपालिका १६ स्थित आधारभूत स्वास्थ सेवा केन्द्र सुकौरामा एन्टिजेन्ट प्रबिधी बाट २६ जनाको कोरोना परिक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, १५ जनामा ९ जना महिला र ६ जना पुरुष रहेको छ । यो सङ्गै त्रि.न.पा. १६ मा संक्रमितको संख्या ३० पुगेको छ ।
केहि दिन अघि गाउँमा उच्च ज्वरोको खबर पाएपछि १६ न वडाका वडा अध्यक्ष मानबहादुर राईले यस पहिले पनि वडाको बिभिन्न ठाउँ जाँते, बेल्दोभान, सरस्वती र तिनतले लगायतका स्थानहरुमा कोरोना परिक्षणको कार्य अघि बढाएका थिए । जसमा २८ जनाको परिक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएपछि वडाले परिक्षको दायरा बढाएर गरेको परिक्षण बाट थप १५ जनामा संक्रमण पुष्टि भएको हो ।
अध्यक्ष राईले आफ्नो वडामा ठुलो संख्यामा संक्रमण फैलिएपछि तत्कालै सम्यमता अपनाउँदै सम्बन्धित क्षेत्रहरुमा आवश्यक सहयोग बारे सल्लाह मागेका थिए । राईले अरु पनि वडामा ज्वरोको संकेत भएका धेरै मानिसहरु रहेको भन्दै सम्बन्धित ठाउँहरुलाई सिल गर्ने र परिक्षणको दायरा बढाउन माग राखेका थिए । सोहि पहल अन्तर्गत आज संक्रमण जोखिममा रहेका व्यक्तिहरुलाई परिक्षण गर्दा १५ जना संक्रमित भेटिएको अध्यक्ष मानवहादुर राईले बताउनुभयो ।