सबैको घर घरमा आउँछ रे दशै
गरिब र दुखीको घरमा मात्र धाउछ रे दशै ।
क्या अच्चम्म असोज ,कार्तिक लाग्नै नहुने होर ?
घटस्थापना देखि सबैको घरदैलोमा गाउछ रे दशै ।

माया र सम्बन्ध सँधै प्रगाढ नै हुन्छ मान्छेको
सुन्दै छु, मेरो लागि माया लाउछ रे दशै ।


थाहा छ मलाई यो पृथ्वी धेरै ठुलो छ
तर धनाध्यलाई मात्र यहाँ अटाउछ रे दशै ।

मनोरन्जन सबैले गर्न रुचाउछ्न नै
तर सुन्छु खुसी हुनेहरुलाई मात्र नचाउछ रे दशै ।
रोगी र कमजोरी को बिशेष स्याहर र ख्याल गर्नु पर्ने तर बिडम्बना
युवा र तन्दुरुस्त ले मात्र पचाउछन् रे दशै ।
स्वर्गमा बास हुन्छ भनी आस देखायर
पृथ्वी छाडी चार लिङ्गे बाँस नघाउछ रे दशै ।
सरसफाइमा ध्यान दिनै पर्छ सबैले खुसि लाग्छ भन्छन् कोहि
घर ,दैलो, आगन साथै मान्छे समेत सजाउछ रे दशै ।
दुःख, पीडा, रोदन सबैलाई हुन्छ अरे
सबै कुरा भुलाएर तनाब भगाउछ रे दशै ।
केही दिन को हर्ष उमङ्ग मनमा फैलाई
कसैले आफुलाई बिर्सनै नसक्ने बनाउछ रे दशै ।
एल बि खाती बिस्वकर्मा
रौतामाई २ भुट्टार, उदयपुर ।
समर्पित सम्पुर्ण नेपाली नागरिक