इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सोमबारका लागि तय भएको कोलकता नाइटराइडर्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीचको खेल स्थगित भएको छ। कोलकताका दुई खेलाडीलाई कोरोना भाइरसको संक्रमण भएपछि खेल स्थगित गरिएको हो।
कोलकाताका दुई खेलाडी वरुण चक्रवर्ती र सन्दीप वारियर्स संक्रमित भएका हुन् । कोलकाताका दुई खेलाडी संक्रमित भएसँगै खेल रद्द गरिएको हो ।
स्थगित गरिएको म्याचलाई पछि खेलाइने आयोजकको भनाइ छ । आइपिएल सुरु हुनुअघि पनि केही खेलाडी संक्रमित भएका थिए । कोलकाताका नीतीश राणा, बेंग्लोरका देवत्त पाडिक्कल, दिल्ली क्यापिटल्सका अक्षर पटेल, एनरिच नोर्खिया लगायतका खेलाडी संक्रमित भएका थिए ।