धरै रिसाउने बानी छ, यसरी पाउनुस् सजिलै छुटकारा

कोही व्यक्तिको धेरै नै रिसाउने बानी हुन्छ । यस्तो बानीले उक्त व्यक्तिलाई त हानी पुर्याउँछनै त्यसको अलावा घर परिवार तथा कार्यस्थलमा समेत अफ्ठेरो पर्दछ । धरै रिस उठ्ने समस्याकै कारण धरै व्यक्तिहरू चिन्तित रहन्छन् । यस प्रकारको समस्याका कारण जीवन राम्रो सँग जिउन नै कठिन समेत भइरहेको हुन्छ । तर तपाईँको संयम तथा यस प्रकारको कार्य गर्नु भयो भने सजिलै धरै रिस उठ्ने समस्या बाट छुटकारा मिल्छ ।
हेर्नुहोस् कसरी शान्त पार्ने रिसलाई

आफ्नो श्वासप्रश्वासमा ध्यान केन्द्रित गर्ने
यसले तपाईँको चिन्ता र व्याकुलतालाई पनि नियन्त्रण गर्न मद्दत गर्छ । योगाले तपाईँलाई शारीरिक अभ्यास गराउँछ जसले श्वास लिने र फाल्ने प्रक्रियाबाट तपाईँको चिन्ता बिर्साएर दिमागलाई आराम दिलाउँछ । श्वासप्रश्वासको यो प्रक्रियाले तपाईँको शरीरमा पर्याप्त अक्सिजनको मात्रा दिने र तपाईँलाई ताजा राख्ने गर्छ ।
मिल्ने साथीसँग कुराकानी
रिस र चिन्तालाई छिटो शान्त पर्ने एउटा अनितै उत्तम तरिका भनेको मिल्ने साथीसँग कुरा गर्नु हो । भावनात्मक ताले नजिक रहेका साथी तथा परिवारका सदस्यसँगको गफगाफले तपाईँमा आत्मविश्वास बढ्छ र दिमाग शान्त हुन्छ । यसले यदि तपाईँमा कुनै सङ्कट आएमा तपाई सँग तपाईँको प्रिय जन हरदम साथछन भनेर आश्वासन पनि दिन्छ ।
आनन्द दिने काम गर्नुहोस्
तपाइलार्ई आनन्द दिने काम केहिनकेहि त छ होला । त्यसलाई तपाईँ आफ्नो रिस शान्त गर्ने एउटा माध्यम बनाउन सक्नुहुन्छ । उदाहरणको लागि नुहाउने, सङ्गीत सुन्ने, डुल्ने, मन पर्ने पुस्तक पढ्ने जस्ता कार्यले तपाईँ चिन्ता र रिसबाट ध्यान सार्न सक्छ र आराम दिन्छ । तपाईँ आफ्नो रिस छिटो शान्त पर्नका लागि यो उपाय अपनाउन सक्नुहुन्छ ।
आफ्नो भावना निकाल्ने
चिन्ता र व्याकुल्ता झनै खराब तरिकाले बढ्छ यदि तपाईँ आफ्नै भावनासँग लडाई गर्नु हुन्छ । शान्त रहनका लागि आएका भावनालाई स्वतन्त्र बाहिर जान दिनु पर्छ । तपाईँ चिन्ता मुक्त हुनका लागि चिच्याएर पनि आफ्नो भावनात्कम द्वन्द्व बाहिर फाल्न सक्नुहुन्छ ।
अक्यूप्रेसर
अक्यूप्रेसर एक असरदार चिकित्सा प्रक्रिया हो जसले शरीरको शक्ति र रक्त सञ्चारमा सन्तुलन राख्छ । अक्यूप्रेसर, तपाईँको बुढी औला र चोरी औला बिचको क्षेत्रमा मालिस गरेर गरिन्छ । यसले तपाईँको दिमागलाई आराम दिन्छ ।
तनाव घटाउने गुण भएका खाना
केही खाना तथा पेय पदार्थले तनाव घटाउने गुण राख्छ । डार्क चकलेटले दिमागमा उत्पादन हुने तनावका हर्मोनलाई घटाउँछ । त्यस्तै मह र ग्रिन टि ले पनि तनाव घटाउँछ ।
हिँडाई
यदि तपाईँको काम तनावमय छ या तपाईँ तनावमा हुनुहुन्छ भने बाहिर निस्नुहोस ताजा हावामा १० मिनेटको छिट्टो हिँडाई हिँड्नु होस । ताजा हावाले तपाईँलाई पनि ताजा महसुस गराउँछ ।
लेख्नु होस
कुनै रिस या चिन्ताको क्षण आएमा तपाईँले लेख्न सक्नुहुन्छ । एउटा सानै कागजको टुक्रामा भए पनि तपाईँले आफ्नो भावना त्यसमा पोख्नु भएमा तपाईँ स्वतन्त्र महसुस गर्नु हुनेछ । तपाईँले त्यसमा गर्नु पर्ने कामको सुची बनाउँदा पनि हुन्छ ।
हाँस्नु
चिन्ता छिटो हटाउने अर्को एउटा अनितै उत्तम तरिका भनेको हाँस्नु हो । खुला र स्वतन्त्र हाँसोले तपाईँलाई तुरुन्तै ताजा महसुस गराउँछ । हाँसोले शरीरको रक्त सञ्चार र प्रतिरक्षा शक्ति बढाउँछ । यसका लागि तपाईँ रमाइृला चुड्किला पढ्न सक्नु हुन्छ या हास्य कालाकारका भिडियो हेर्न सक्नुहुन्छ ।
आरोमा थेरापी
तपाईँलाई मन पर्ने अत्तरको एक थोपा आफ्नो हत्केलामा लगाउनु होस र सुगन्ध लिनु होस । यसरी अत्तरको वासना लिँदा तपाईँको नाकमा हुने त्यो सुङने ग्रन्थिहरू जगाउँछ, जुन ग्रन्थिहरू भावना नियन्त्रण गर्ने दिमागको भागसँग सम्बन्ध राख्छ । यो चिकित्साले प्रविधिले सुगन्धबाट तपाईँको दिमागलाई आराम दिन्छ ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने