नयाँ बर्ष आउदै छ खुसी हुनुपर्छ
प्रगतिको पाइलाले शिखर छुनुपर्छ ।
कति चाडो बितेको यो एक बर्ष
गयो यो सालत भयो खुसी र हर्ष ।।
तिता मिठा क्षण थिए दुख सुख पलपल्को
अहिले पनि आखाभरी आइराछ झलझल्को ।
ज्ञान सीप र क्षमतामा पनि केही परिवर्तन आको छ
सिक्ने र सिकाउने सीप को बिकास भाको छ ।।
जती महत्वपूणर् भयपनि यो सालमा समयले पर्खियन
गएका ती क्षणहरु पुन कहिले फर्किएन ।
उच्च मुल्यांकन गर्नुपर्छ मैले यो ७८ साललाई
अबिस्मरणिय बन्न पुग्यो सम्झिनै पर्छ मैले यो भुतकाललाई ।।
अब झन नयासाल आकोछ
हिजो सम्मका दिन सम्झनामै सिमित भाकोछ ।
यो बर्षलाई पनि झनै असल कार्यले भर्नुछ
धेरैसङ्ग चिनजान अनि प्रगती गर्नुछ ।।
आउदैन भोलि भनेर दिन हरु गनेर
केहि गर्नुछ भविस्यमा उर्जाशिल बनेर ।
सुख शान्ती समृधी ले सबैलाई चुमोस
सफलताले सबैको घर घर मा घुमोस ।।
कसैले नगरौ कुकार्य र बाहना
सधै सबै सङ्गै को कामना ।
उडि चन्द्र छुने लिऔ सबैले चाहना
२०७९ सालको हार्दिक मंगलमय शुभकामना !!
शुभकामना !