उदयपुरको रौतामाई गाउँपालिाका–१ नामेटारमा वडा कार्यलयको आयोजनामा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि २ दिने तालिम सम्पन्न भएको छ ।
रौतामाई गाउँपालिका वडा न–१ को विभिन्न बिद्यालय र समुदायहरुमा रहेका बालक्लबका सदस्यलाई बालक्लब सक्रिय रुपमा सन्चालन गर्नको लागि तालिम सोमबार देखि सञ्चालन गरिएको थियो, तालिमको सहजीकरण केशव राना मगर , भरत बोहोरा र बिरेन्द्र खड्काले गरेका थिए । तालिम आ.ब. २०७९ र ८० मा रौतामाई गाउँपालिका वडा नं. १ को बालबालिका लक्षित कार्यक्रम अन्तर्गत संचालन गरिएको थियो उक्त तालिमले बालबालिकाको बाल क्लब ब्यबस्थापन संगै नेतृत्व बिकासमा सहयोग पुगेको र आगामी बर्ष पनि बालबालिकाको चौतर्फि बिकासको लागि बजेट बिनियोजन गर्ने प्रतिबद्धता समेत वडाका वडा अध्यक्ष रुद्र बहादुर कार्किले गर्नुभएको थियो।
दुई दिने तालिममा वडा नं. १ भित्र रहेका ६ वटा बालक्लबको प्रतिनिधिहरुको उपस्तिथिमा बाल अधिकारको अबधारणा, बालक्लबको महत्त्व, दर्ता प्रक्रिया, सुचक बालक्लबमा रहने संरचना, बाल संरक्षणको सबालहरु, बालमैत्री स्थानीय शासन र बालक्लब बैठक माईन्युट लेखन जस्ता बिषयबस्तुहरुमा सहजीकरण गरिएको थियो ।
कार्यक्रमको समापन समारोहमा वडा अध्यक्ष, वडा सदस्यहरु शिक्षकको उपस्तिथि रहेको थियो उक्त कार्यक्रमको सञ्चालन वडा सचिब पदम बहादुर कार्किले गरेका थिए ।