नेतृत्व विकासको लागि ताप्लिका महिलाहरूलाई प्रशिक्षण कार्यक्रम

बिरेन्द्र खड्का
रौतामाई गाउँपालिका

ताप्ली गाउँपालिका वडा नं.३ स्थित ईनामेमा सुनाखरी सामुहिक महिला समुहको आयोजना तथा ताप्ली गाउँपालिकाको आर्थिक सहयोगमा महिलाहरुको हकहित विधान ऐन सम्बन्धी ३ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

महिलाहरुलाई हकहित विधान ऐन बारे प्रशिक्षणको माध्यमबाट जानकारी गराई महिलाहरूको नेतृत्व विकास गरी उनिहरुको पालिका तथा वडास्तरमा हुने विभिन्न कार्यक्रमहरुमा महिलाको सहभागिता र नेतृत्व बढाउने उदेश्यका साथ संचालन भएको ३ दिने कार्यक्रम शुक्रबार समापन भएको छ ।

सुनाखरी सामुहिक महिला समुहको अध्यक्ष फुलमाया तामाङले अध्यक्षता गर्नु भएको उक्त कार्यक्रममा ताप्ली गाउँपालिकाका उपाध्यक्ष कमलमाया राईको प्रमुख आतिथ्यतामा, ताप्ली गाउँपालिका वडा नं. ३का वडाध्यक्ष शारदा कुमार लुङ्गेली मगरको विशेष आतिथ्यमा मिति २०७८ साल असार १६ देखि १८ गते सम्म ६६ जना महिलाहरूको सहभागितामा गै.स. स. महासंघका केन्द्रिय सदस्य महेश्वरी राई र महिला अधिकारकर्मी रक्षक संजालका सबिता पोखरेलले सहजिकरण गर्नु भएको थियो ।

कार्यक्रमको व्यानर पढेर उद्वघाटन गर्दै
कार्यक्रमका प्रमुख अतिथि तथा गा.पा उपाध्यक्ष कमलमाया राईले महिलाहरु कुनै किसिमको विभेद, हिंसामा परेर बाँच्न नपरोस र महिला माथी हुने जस्तोसुकै घटानापनी न्यायिक समिती समक्ष पुर्याउनु पर्ने भनाई राख्नु भयो त्यसैगरी विशेष अतिथि तथा वडा नं. ३ का अध्यक्ष शारदा कुमार लुङ्गेली मगरले महिला समुहबाट आएको जस्तो सुकै समस्यालाई पनि सम्बोधन गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने