नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो आउने र जीउ दुख्ने समस्या भएपछि स्वाबको नमूना परीक्षण गर्दा उनमा कोरोना भाइरस संक्रमण भएको पाइएको शर्मा आफैले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका छन् ।
लक्षणले च्यापे पनि मनोवल उच्च रहेको, डाक्टरको निर्देशन अनुसार औषधि सेवन गरिरहेको र डेरामै आइसोलेसनमा रहेको उनले बताएका छन् ।