नेपाली कांग्रेस उदयपुरको समन्वयमा स्वास्थ्य चौकीलाई एक थान अक्सिजन कन्सनट्रेटर हस्तान्तरण

नेपाली कांग्रेस उदयपुरको समन्वयमा उदयपुरगढी स्वास्थ्य चौकीलाई एक थान अक्सिजन कन्सनट्रेटर वितरण गरेको छ ।


कोरोना संक्रमणको रोमथामका लागि नेपाली कांग्रेसका युवा नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाको पहलमा नेपाली कांग्रेस उदयपुरले विहिवार आज एक कार्यक्रमगरी उदयपुरगढी गाउँपालिकाको स्वास्थ्य चौकीमा १ थान अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरेको नेपाली कांग्रेस उदयपुरका सभापति विदुर बस्नेतले बताउनु भयो ।

नेपाली कांग्रेस पार्टी उदयपुरको सभापति विदुर बस्नेत तथा अन्य नेतागणहरुले उदयपुरगढी गाउँपालिकाका उपाध्यक्ष सानु कुमारी राउत र स्वास्थ्य चौकीका डा. संग्राम सिटौलालाइ हस्तान्तरण गरिएको थियो ।


कार्यक्रममा उदयपुरगढी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष कुमार अधिकारी, वडा नं. ८ का वडा अध्यक्ष टंक श्रेष्ठ,सो क्षेत्रका नेपाली कांग्रेसका नेताहरु र विद्यार्थी नेता एल.वि. कार्की र लिल बहादुर बस्नेतको उपस्थित रहेको थियो ।
अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गर्दै सभापति बस्नेतले “कोरोना भाईरस संक्रमण रोकथाम र नियन्त्रण साथै नागरिकको स्वास्थ्य सुरक्षाको लागी नेपालमा अक्सिजनको अभाव व्यहोरिरहेका कोभिडका बिरामीहरुलाई मदत पुगोस भन्ने उद्देश्यले हामीले अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरेका हौ ।” वताए ।


पालिकामा यस्तो किसिमको सहयोग कसैबाट नभएको र नेपाली कांग्रेस उदयपुरले गरेकोमा धन्यवाद ब्यक्त गर्दै, नेपाली कांग्रेस उदयपुर बाट प्राप्त कन्सनट्रेटरले आपत्कालीन अवस्थामा अक्सिजन कम भएका बिरामीको उपचारमा सहयोग पुग्ने र आगामी दिनमा पनि विकास र सामाजिक कार्यमा सहकार्य रहने उदयपुरगढी गाउँपालिका उपाध्यक्ष सानु कुमारी राउतले विश्वास गर्नु भयोे।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने