नेपाल सुपर लिग: ललितपुर सिटीलाई हराउँदै काठमाडौं रेजर्स फाइनल प्रवेश

काठमाडौं रेजर्स फुटबल क्लब नेपाल सुपर लिग फुटबलको फाइनलमा प्रबेश गरेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दोस्रो क्वालिफायरमा ललितपुर सिटी एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै काठमाडौं उपाधि नजिक पुगेको हो । अब काठमाडौंले पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गरेको टोली धनगढीसँग प्रतिस्पर्धा गर्नेछ । काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले दुई गोल गरे । मेसौके जारी प्रतियोगितामा सर्वाधिक ७ गोल गर्ने खेलाडी पनि भएका छन् । यस्तै स्टेफेन बिनोङले काठमाडौं रेजर्सका लागि तेस्रो गोल गर्दै जित सुनिश्चत गरेका थिए ।

सेमिफाइनल खेलमा इमेर्जिङ् प्लेअर अफ द म्याच आसिस गुरुङले पाए भने। सुपर प्लेअर अफ दि म्याच मेसौके ओलुमोउले जितेका छन्।

धनगढीले काठमाडौंलाई अतिरिक्त समयमा २–१ ले हराउाँदै फाइनलमा स्थान पक्का गरिसकेको छ भने अन्तिम अवसरलाई सदुपयोग गर्दै काठमाडौं रेजर्सले पुन: धनगढीसँगको भेट पक्का गरेको छ।

फाइनल खेल यही जेठ १ गते साँझ ५:३० बजे त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा हुने छ। यस प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले १५ लाख रुपैयाँ पाउने छन्। व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैयाँ पाउने छन् ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने