नौ मतदान केन्द्रमा आज मतदान

गत वैशाख ३० गते स्थगन भएकामध्ये पाँच स्थानीय तहका नौ मतदान केन्द्रमा आज निर्वाचन भइरहेको छ ।

निर्वाचन आयोगका अनुसार आज मतादान भइरहेकामा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१३ स्थित श्रीराम मावि मतदानस्थलका दुई मतदान केन्द्र, अछामको पञ्चदेवल विनायक नपा–५ को नवज्योति माविका दुई मतदान केन्द्र, धनकुटाको शहीदभूमि गाउँपालिकाको ठाकुरदेवी माविको तीन मतदान केन्द्र, कञ्चनपुरको पुनर्वास नगरपालिका–१० को विजय माविको १ मतदान केन्द्र, बाजुराको बूढीनन्दा नगरको पिस क्रियटिभ एकेडेमीस्थित १ मतदान केन्द्र रहेको छ ।

राजनीतिक दल र उम्मेदवार तथा अन्य पक्षको विवादका कारण स्थगन भएका १७ जिल्ला, २८ स्थानीय तहका ४४ मतदानस्थलका ८५ मतदान केन्द्रमध्ये निर्वाचनको नयाँ मिति तोकिने र निर्वाचन हुने क्रम जारी रहेको छ। स्थगन भएकामध्ये जेठ १ गते ७ र २ गते १३ मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको छ ।

जेठ ४ गतेका लागि तनहुँको व्यास नपा–४ को गाविस भवन मतदानस्थलका दुई केन्द्र, रौतहटको गढीमाइ नपा–३ स्थित प्रावि लक्ष्मीपुरका दुई मतदान केन्द्र र वडा नं ६ को प्रावि आदर्श मावि मतदानस्थलको दुई मतदान केन्द्रमा मतदान हुने मिति तय भएको छ ।

स्थागन भएकामध्ये बाजुराको बुढीगङ्गा नगरमा गत वैशाख ३० गते भएको मतदान प्रक्रिया रद्द भई अर्को मतदान गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालबाट आएको सिफारिसका सम्बन्धमा गठित छानबिन समितिले स्थगलत अध्ययन गरी प्रतिवेदन बुझउँदैछ ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने