एल.बि. विश्वकर्मा
गाईघाट, भाद्र २०
उदयपुरको रौतामाई गाउँपालिकाले पालिका स्तरिय बाल अधिकार समितिको रणनीतिक योजना निर्माण दुई दिवसीय कार्यशाला संचालन गरिरहेको छ ।
वल्र्ड भिजन इन्टरनेशनल नेपाल र जाल्पा एकिकृत विकास समाज,उदयपुरको आर्थिक तथा प्रविधिक सहयोगमा रौतामाई गाउँपालिकाले होटल कोहवर गाईघाटमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।
पालिकाको बाल अधिकार समितिका अध्यक्ष खविन्द्र रास्कोटीको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा पालिकाका अध्यक्ष गजेन्द्र बहादुर खड्काको प्रमुख आतिथ्यता,जाल्पा एकिकृत विकास समाज,उदयपुरका अध्यक्ष पुष्पराज पोखरेल,सचिव सुमन परियार,वल्र्ड भिजन इन्टरनेशनल नेपालका फिल्ड संयोजक आनन्द खड्का लगाएतले अतिथ्यता गर्नु भएको थियो । पालिका तथा वडा स्तरिय बाल अधिकार समितिका पदाधिकारीहरुको सहभागिता रहेको उक्त कार्यक्रमको राष्ट्रिय बाल अधिकार परिषद् प्रदेश १ संयोजक सुमन अधिकारीले सहजिकरण गर्नु भएको थियो ।
पालिका वडा नं. २ र ४ बाल मैत्री वडा घोषण गर्ने तयारी अन्तिम चरणमा पुगेको र उक्त बाल मैत्री वडा घोषणा गर्न सहयोग पुर्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको पालिकाको बाल अधिकार समितिका अध्यक्ष खविन्द्र रास्कोटीले बताउनु भयो ।