पुरुषमा देखिने प्रमुख यौन समस्याहरु र समाधान

यौन समस्या भनेको व्यक्तिहरुले आफ्नो सहकर्मीबाट यौन सन्तुष्टि प्राप्त गर्न नसक्ने अवस्था हो । अर्को शब्दमा भन्नुपर्दा, यौन सम्बन्ध स्थापित गर्ने क्रममा व्यक्तिलाई चरम सुख प्राप्त गर्नबाट रोक्ने कठिनाई वा अवरोधहरु नै यौन समस्या हो । लैगिंक उत्तेजना नहुनु (इरेक्टाइल डिसफङसन) या अग्यार्जम(शीघ्रपतन वा लामो समयसम्म स्खलन नहुनु) लगायतका यौनजन्य समस्याव्यक्तिमा यौन प्रतिक्रिया चक्रको विभिन्न चरणमध्ये जुनसुकै समयमा पनि देखा पर्न सक्छन् । तसर्थ व्यक्तिमा देखिने यौन समस्या कहाँ अनि कुन अवस्थामा देखिएको हो ? त्यसको प्रकृतिबारे पत्ता लगाई ती बीचको अन्तर जान्न अत्यन्त आवश्यक हुन्छ ।

यौनजन्य गतिविधि हार्मोन, मानसिक तथा नशासम्बन्धी कार्यप्रणालीहरुको समन्वयित कार्य हो । जसकारण यौन स्वास्थ्यका लागि व्यक्तिका यी सबै पक्षहरु स्वस्थ्य रहन पनि उत्तिकै आवश्यक पर्दछ । यसबाहेक यौनसुख प्राप्ति सम्बन्ध स्थापितका लागि व्यक्तिको रक्तवाहिका, रक्तस्नायु तथा लिंग उत्तेजितका कारण लिंगले उचित आकार लिएको हुनु पर्दछ । त्यस्तै, अण्डकोष हुँदै मुत्रमार्गमा आउने शुक्राणु स्खलनका लागि पनि मांसपेशी तथा स्नायुबीच उचित
समन्वयताको आवश्यकता पर्दछ । यसकारण पनि कुल संख्यामध्ये ३१ प्रतिशत पुरुष र ४३ प्रतिशत महिला शिकार हुने अनुमान गरिएको यस यौन समस्या एकप्रोफेशनल(विज्ञ) मद्दतकर्ता बिना नै हल गर्न मुश्किल पर्दछ । पुरुषमा देखिने अधिकांश यौन जटिलता भनेकै स्लखलनमा विकार, उत्तेजना नहुनु, यौनप्रतिको चाहना घट्दै जानु तथा पेयरोनी रोगको शिकार हुनु हो । यस्ता समस्या सामान्यतया जुनसुकै उमेर समूहलाई देख्ने भएता पनि तुलनात्मक रुपमा प्रायजसोः पाको उमेर समूहलाई यस रोगले सताउने गरेको पाइन्छ ।

१. उत्तेजना नहुनु

यौन सम्बन्ध स्थापितको समयमा लिंग उत्तेजित नहुने अवस्था नै ‘इरेक्टाइल डिसफङसन’ अर्थात् उत्तेजना नहुने अवस्था हो ।यो पुरुषको यौन जीवनकालमा देखिने समस्यामध्ये एक हो ।मुख्यतयाः शारीरिक एवम् मानसिक पक्षसंग सम्बन्धित यस समस्याले ४० देखि ७० प्रतिशत उमेर समूहमध्ये झण्डै ५२ प्रतिशतव्यक्तिलाई सताउने गरेको अध्ययनले देखाएको छ ।

यसैगरी , यस समस्याका लागि मुटुसम्बन्धिका रोग, मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्टोरको स्तर तथा मोटोपन, कम टेस्टोस्टेरोनकोमात्रा, तनाव, चिन्ता, डिप्रेसन, पार्टनरसँगको सम्बन्ध, लामो समयसम्म एउटै औषधिको प्रयोग, निन्द्राको गडबढि, दिर्घकालीन रूपमाप्रयोग गरिएको नशालु औषधको सेवन, मद्यपान एवम् सुर्तिजन्य पदार्थको सेवन, पार्किन्सन्स रोग तथा मल्टिपल स्क्लेरोसिस आदिपक्षहरु पनि उत्तिकै जिम्मेवार रहेका हुन्छन् ।
यद्यपि, धमनीमा रक्त प्रवाहलाई अवरोध पुर्याउने कार्डियो भास्कुलर असामान्यताले लिंगको भित्री भागलाई कडा, कठोर एवम् उत्तेजितबनाउँछ । र, यो अवस्था यौन जटिलता अन्र्तगत देखा पर्ने साझा समस्यामध्ये एक हो ।

२. शीघ्रपतन

यो अवस्थाले यौनसम्बन्ध स्थापितको शुरुवाती चरणमा नै व्यक्तिको स्खलन हुने अवस्थालाई जनाउँछ । जुन व्यक्तिको नियन्त्रण बाहिरहुन्छ । सेरोटोनिन(व्यक्तिको मुडलाई प्रभाव पार्ने रसायन) जस्ता प्राकृतिक रसायनले शीघ्रपतन समस्यामा प्रमुख भूमिका निर्वाह गरेको हुन्छ ।

यस्तै केही औषधिहरुको सेवनले पनि व्यक्तिको स्खलन प्रकृयासँगै स्पाइनल कर्ड तथा स्नायुलाई समेत हानी पुर्याउन सक्छ । पेनाइल( लिंगमा परेका प्रभाव) लाई पनि शिघ्रपतनको मुख्य कारण मानिन्छ ।
यद्यपि, यी मात्र नभई स्खलनको केन्द्रिय नियन्त्रण अथवा वीर्यलाई उचित मार्गमा इनरभेसन(नशामा प्रवाह गर्ने प्रकृया) प्रवाह गर्ने नली, जनन्द्रिय अथवा पुरुष ग्रन्थीमा हुने स्नायु सम्बन्धिका संक्रमण पक्षहरु लाई पनि शीघ्रपतनका अर्को प्रमुख कारक तत्व मानिन्छ । यस समस्या व्यक्तिले आफ्नो स्खलन हुने समयमा आफ्नो लिंगलाई पार्टनरको यौनांगबाट बाहिर निकाल्ने प्राकृतिक ‘इस्कुइज’ उपायबाट नै समाधान गर्न सकिन्छ । यस उपायलाई यस्ता यौनजन्य समस्या समाधानका एक उच्च बायो–फिडब्याक समेत मानिन्छ ।अर्थात्, शिघ्रपतनका कारण व्यक्तिले आफ्नो यौनसन्तुष्टि प्राप्त गर्न नसकेको अवस्थामा व्यक्तिले आफुलाई शिघ्रपतनको महशुस हुनासाथ यौनकार्यलाई रोक्दै आफ्नो स्खलन रोक्नुपर्ने हुन्छ ।

यही प्रक्रिलाई लगातार दोहो¥याउँदा व्यक्तिले लामो समयसम्म सम्भोगक आनन्दको प्रत्याभुति गर्न सक्छन्, भने यसका लागि व्यक्तिले केही स्प्रेको प्रयोग पनि गर्न सक्छन् । जस्तो लिंगको संवेनशिलतालाई कम गर्दै स्खलनलाई नियन्त्रण गर्ने ‘लिडिओकेन’ को प्रयोग ।

३. ढिलो/प्रतिकुल अथवा स्खलन नै नहुनु

स्खलनन नहुनु अथवा पेनिट्रेसनको बाबजुद पनि स्खलनका लागि लामो समय लाग्ने समस्यालाई विलम्बित अर्थात् ढिलो स्खलन हुनु भनिन्छ ।सामान्यतयाः यस्ता समस्या लामो समयसम्म विभिन्न औषधि सेवन गरिराखेका व्यक्तिलाई औषधिको साइड इफेक्ट(दुष्प्रभाव) स्वरुप देखा पर्छ ।यी समस्या धेरैजसो केशहरुमा तनाव कम गरेर तथा स्खलन हुने समयमा नियन्त्रण गरेर पनि समाधान गर्न सकिन्छ ।

जबसम्म व्यक्तिलाई आफु स्खलन हुन लागेको महशुस हुदैँन तबसम्म लिंगलाई प्रवेश गराई रहने सेंसेट फोकस व्यायाम पनि यसकालागि उपयुक्त रहन सक्छ ।यसको ठीक विपरित वीर्य लिंगबाट बाहिर निस्कनु अगावै मुत्राशयमा नै धकेलिन्छ भने त्यस्तो अवस्थालाई ‘रेट्रोग्रेड एजाकुलेशन’ अर्थात्‘विलम्बित स्खलनन’ भनिन्छ । यस समस्या प्रायजसो प्रोस्टेट सर्जरी अथवा मधुमेहका कारण स्नायुमा क्षति पुगेका व्यक्तिहरुमा देखिन्छ ।वीर्य लिंगबाहिर नआई पुनःमुत्रमार्गमा नै फर्केर जाने र परिणाम स्वरुप पिसाबमा नै वीर्य देखिने यस अवस्थालाई कहिलेकाहिँड्राई(सुख्खा) अग्र्याज्म पनि भनिन्छ । केही औषधि तथा शल्यक्रियाको माध्यमबाट मुत्राशयको ब्लाडरमा रहेको भल्भलाई बन्द गरिएको खण्डमा यस समस्याको निदान गर्नसकिन्छ, भने यसको विकल्पको रुपमा व्यक्तिले कृत्रिम गर्भधारणका लागि ब्लाडरबाट नै समेत शुक्राणु प्राप्त गर्न सक्छन् ।

४. कम कामोच्छा वा यौन चाहाना नहुनु

चिकित्सा क्षेत्र अन्र्तगत ‘लो लिबिडो’ भनिने समस्या व्यक्तिमा टेस्टोस्टेरोन नामक हर्मोनको मात्रा कमी भएर हुने गर्छ । जसले व्यक्तिको यौनाच्छालाई स्वतः कम गराउँछ ।

टेस्टोस्टेरोनले यौन ऊर्जा, वीर्य उत्पादन, मांसपेशी कपाल तथा हाडको स्वरुप लगायत व्यक्तिको मानसिक प्रकृयामा समेत प्रभाव पार्नेभएकाले यसले सहजै व्यक्तिको यौन जीवनमा समेत उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ ।तसर्थःशरीरमा यस हार्मोनको कमी भएमा पुरुषमा यौनेच्छाको कमी हुन गई त्यसले यौन जीवनमा समेत नकरात्मक असर पार्छ । यस्तै, कतिपय समयमा यौन उत्तेजना नहुने समस्याका कारण पनि व्यक्तिमा सम्भोगप्रतिको इच्छा हराएर जान्छ ।

यसैगरी डिप्रेशन, तनाव, तथा भावनात्मक सम्बन्धको उतारचढाव पनि यौनेच्छा कम गराउने मुख्य स्रोत हुन् भने, दीर्घकालीन औषधिसेवनलाई पनि यसको अर्को कारक तत्वको रुपमा लिइन्छ ।टेस्टोस्टेरोनको मात्रा कमी भई व्यक्तिलाई यौन समस्या उत्पन्न भएको महशुस भएमा व्यक्तिले चिकित्सकको सल्लाहमा हार्मोनलसप्लिमेन्ट्स(पूरक)को सेवन गर्न सक्छन् । यस्तै, मानसिक आघातका कारण सो समस्या देखा परेका व्यक्तिले भने मनोवैज्ञानिकपरामर्शदात्ता वा विज्ञबाट आवश्यक सहयोग लिन सक्छन् ।

५. पेरोनिज रोग

संयोजित टिस्युले लिंगलाई घुमाउरो(बाउडिने) बनाउने यस समस्यालाई एक किसिमको दुर्लभ अवस्था मानिन्छ । जसकारण व्यक्तिलाईसम्भोग एवम् उत्तेजनाको दौरानमा पिडा हुने गर्छ ।
यस समस्यामा सामान्यतयाः टिस्युका धर्साहरु एकै ठाउँमा जम्मा हुन्छन्, जसले लिंगका संयोजित टिस्युलाई सामान्य रुपमा सिधा हुनदिदैँन । साधारणतयाः यो समस्यामा लिंगको माथिल्लो भाग निहुरिएको अथवा तल झुकेको हुन्छ ।प्रत्येक ११ जना पुरुषमध्ये १ जनालाई यस पेरोनिज रोगले सताउने गरेको पाइएता पनि धेरै व्यक्तिहरुमा यससम्बन्धि उचित ज्ञानकोअभाव भएको देखिन्छ ।यसैगरी कहिलेकाहिँ व्यक्तिको लिंगको माथिल्लो वा टुप्पोका भागमा देखापर्ने केहि डल्लो अथवा गाँठो हुने समस्या पनि व्यक्तिलाईपिडा दिने समस्याको प्रमुख स्रोत हुन् ।केही खोपको माध्यमबाट औषधि दिएर अथवा विकल्प स्वरुप शल्यक्रिया गरेर पनि सो गाँठो लाई हटाउन सकिन्छ ।

पुरुषका यौनजन्य समस्याका प्रमुख कारणहरुः

यौन सुख, सम्बन्ध, आत्मीयता तथा प्रजननमा असर पुर्याउने यौनजन्य जटिलताहरु व्यक्तिमा शारीरिक÷जैविक, सामाजिक एवं मनोवैज्ञानिक तनाव जस्ता जुनसुकै कारण पनि उत्पन्न हुन सक्छन् ।

तसर्थ बिरामीले समस्याको मुख्य जड थाहा पाउनका लागि परामर्शदात्ता अथवा सम्बन्धित चिकित्सकसंग सल्लाह सुझाव लिई उचितमापदण्डका रुपरेखा तयार गर्नु बुद्विमानी रहन्छ ।
शारीरिक कारणहरु

१. कम टेस्टोस्टेरोन तथा हर्मोनको गडबढी
२. दीर्घकालीन औषधिको प्रयोग
३. एथ्रोस्क्लेरोसिस(धमनीहरु कडा हुनु) जस्ता रक्त वाहिनीको गडबढी तथा उच्च रक्तचाप
४. मधुमेह अथवा शल्यक्रियाका कारण स्ट्रोक अथवा नशामा क्षति पुगेमा
५. मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्टोर, हर्मोनको गडबढि, अथवा मुटुरोग जस्ता स्वास्थ्य अवस्था
६. बहु– स्क्लेरासिस अथवा पार्किन्सन्स रोगजस्ता स्नायु प्रणाली विकारहरु
७. धुम्रपान, मद्यपान तथा लागुऔषधको सेवन
८. बढ्दो उमेरले पनि धेरै हदसम्म व्यक्तिको यौनेच्छा, उत्तेजना तथा प्रदर्शन क्षमतामा हृास ल्याउँछ ।
मनोवैज्ञानिक कारणहरु
१. वैवाहिक अथवा भावनात्मक समस्या
२. यौन प्रदर्शन सम्बन्धनका तनाव
३. आत्मग्लानी अथवा डिप्रेशन
४. पूर्व यौनजन्य घटनाको आघात
५. कार्यसम्बन्धि तनाव वा चिन्ता
६. आत्मविश्वासको कमी
७. पार्टनरसँगको नसुल्झिएको दरार/असमझदारी

यौनजन्य समस्याको पहिचान

पार्टनरसँगको आफ्नो विगतका यौन अनुभवबारे मौखिक अथवा शारीरिक रुपमा सोधपुछ एवम् परीक्षण गरेर आफूमा भएको समस्याकोपहिचान गर्न सकिन्छ ।त्यसै स्वरुप चिकित्सकले पनि सर्वप्रथम तपाईको रक्तवाहिनी स्वास्थ्य अवस्था अझ विशेषगरीः व्यक्तिको लिंगमा हुने रक्तप्रवाह अथवा व्यक्तिले अनुभव गरेका केहि समस्या अवस्थाबारे विस्तृत जानकारी लिने गर्छ ।

सो परीक्षण व्यक्तिमा देखिएका लक्षण, मेडिकल तथा यौनको विगत अवस्थासंग सम्बन्धित रहन्छन् ।बिरामीका यससँग सम्बन्धित प्रश्नहरु निजी हुने भएकले उनीहरुलाई कुनैपनि किसिमका अप्ठ्यारो परिस्थिति सिर्जना नहोस् एवम् उचितउपचार प्रदान गर्न सकियोस् भन्नका लागि उपचारकर्ता सदैव सर्तक रहेको हुन्छ ।यौनसमस्याको उचित पहिचान पश्चात् बिरामीको अवस्था अनुरुप उनीहरुलाई युरोलोजिस्ट, इन्डोक्रोनोलोजिस्ट अथवा यौनपरामर्शदात्ताका निमित्त सिफारिस गरिन्छ । चिकित्सकले समस्याको मुख्य जड पत्ता लगाउन बिरामीलाई केहि विविध किसिमका परीक्षण गर्न सल्लाह दिन्छन्, जुन निम्नानुसाररहेका छन् –

१. टेस्टोस्टेरोन, ब्लडसुगर(मधुमेह बिरामीका लागि) तथा कालेस्टोरको मात्रा थाहा पाउनका लागि रगत जाँच
२. रक्तचाप जाँच
३. मलाशय परीक्षणद्वारा प्रोस्टेट जाँच
४. लिंग तथा अण्डाशयजस्ता प्रजनन अंगको परीक्षण

पुरुषमा देखिने यौनरोग रोकथामका उपायहरु

भविष्यमा आफूलाई कुनै पनि किसिमका यौनजन्य जटिलताको सामना गर्न नपरोस् भन्नका लागि व्यक्तिले सर्वप्रथम आफ्नो स्वस्थ मुटु स्वास्थ्यका लागि उचित ध्यान दिनु अत्यावश्यक रहन्छ ।
यसबाहेक समस्या उत्पन्न गराउने कारणहरु बारे पूर्वज्ञान हासिल गर्नु पनि समस्याबाट बच्ने भरपर्दो उपाय हो । मुटुको स्वास्थ्य अवस्था व्यक्तिको यौन स्वास्थ्यसंग स्वभाविक रुपमा जोडिएको हुन्छ । जसकारण पनि स्वस्थ मुटुका लागि व्यक्तिले उचित स्वस्थ जीवनशैली लाई अपनाउनु पर्छ । यसबाहेक स्वस्थ यौन स्वास्थ्यमा सुधार गर्नका लागि व्यक्तिले ध्यान दिनुपर्ने रोकथामका उपायहरु यसप्रकार रहेका छन्–

१. मद्यपान सेवनको नियन्त्रण तथा धुम्रपानबाट टाढै रहने
२. एरोबिक्स, दौड तथा योगाको माध्यमबाट उचित स्वस्थ जीवनशैलीलाई व्यवस्थित राख्ने
३. स्वस्थ रहनका लागि हरियो तरकारीजन्य खाना सेवनको बानी बसाल्ने
४. व्यक्तिमा देखिएका यौनजन्य समस्याको मुल जड तनाव, चिन्ता तथा डिप्रेशनजन्य मनोवैज्ञानिक एवम् भावनात्मक पक्ष रहेको खण्डमा सम्बन्धित विज्ञद्वारा उचित राय लिने । यी पक्षहरु यौनजन्य समस्याको मुल जड भएका व्यक्तिहरुका लागि ‘कग्निटिभ–बिहेभिउरल’ थेरापी उचित मानिन्छ ।
५. सम्बन्धमा आएका प्रत्येक उतारचढाव आफ्ना पार्टनरसंगको साझेदारीमा समाधान गर्ने ।

पुरुष यौन समस्याका उपचार

यौनजन्य समस्याका पहिलो सामान्य उपचार भनेकै सर्वप्रथम यसका कारक तत्व÷पक्षहरुको पहिचान गर्नु हो । चिकित्सकको सामान्य जाँचपछि सहजै पत्ता लागिने यसका लागि शारीरिक अथवा मानसिक जुनसुकै पक्ष पनि जिम्मेवार रहन सक्छन् ।

१. औषधिः व्यक्तिको स्वास्थ्य समस्या अनुरुप चिकित्सकले सिफारिस गर्ने सिल्डेनाफिल(भियाग्रा), वारडेनाफिल(लेभिट्रा) तथा टडाफिल(सिआलिस) लगायतका केहि औषधि सेवनले व्यक्तिको लिंगमा हुने रक्त प्रवाहमा सुधार ल्याई सो समस्याबाट राहत दिनमद्दत गर्दछ ।
२. हर्मोनको थेरापीः हर्मोनको कारण देखिएका व्यक्तिका समस्यालाई केहि खोप, प्याच्स, अथवा जेलको माध्यमबाट टेस्टोस्टेरोन हर्मोनको स्तरलार्ई वृद्वि गर्न एवम् गराउन सकिन्छ ।

३. मनोवैज्ञानिक थेरापीः यौन स्वास्थ्यलाई प्रत्यक्ष असर पु¥याउने तनाव, डिप्रेशन, डर, ग्लानी आदि समस्या समाधानका लागिव्यक्तिलाई परामर्शदात्ताको आवश्यकता पर्न सक्छ । यसका लागि भावनात्मक आघात अनुरुप व्यक्तिले मनोपरामर्शदात्ता, कपलथेरापिस्ट(दम्पती परामर्शदात्ता), अथवा यौन विशेषज्ञमार्फत् उचित मद्दत प्राप्त गर्न सक्छन् ।
४. मेकानिकल एड्सः उत्तेजना नहुने समस्या देखा परेका व्यक्तिलाई चिकित्सकले भ्याकुम अथवा पेनाइल इम्प्लान्टको सल्लाह दिनसक्छन् ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने