उदयपुर । त्रियुगा नगरपालिका ४ स्थित बगाहामा पोखरीमा डुवेर एक जनाको मृत्यु भएको छ । बुधवार पौडी खेल्छु भन्दै हिडेका त्रियुगा नगरपालिका ४ बगाहा नवदिप टोलमा मामा घर बस्दै आएका १५ बर्षिय बिवेक ढकालको पोखरीमा डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
ढकाल पौडी खेल्छु भन्दै हिडेको र साँझ सम्म घर नआईसकेपछि खोजतलास गर्दा पोखरीको छेउमा निजको कपडा र चप्पल फेला परेपछि प्रहरीलाई खबर गरेको गरि अस्थाई प्रहरी पोष्ट बगाहाको टोली घटना स्थल गई खोजतलास गर्ने क्रममा पोखरीमा डुबेर ढकाल मृत्यु अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
घटना अनुसन्धानका लागि उदयपुर प्रहरी नायव उपरिक्षक समेतको टोलीलाई खटि अनुसन्धान तथा कानुनी प्रक्रियाको पश्चात शव पोष्टमार्टमको लागि जिल्ला अस्पतला उदयपुर पठाइएको प्रहरी प्रमुख एसपी भिमवहादुर दाहालले जानकारी दिनुभयो ।