प्रदेश १ मा शुक्रबार ७५१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३५१, सुनसरीमा २१२, झापामा ४४, धनकुटामा ४२, तेह्रथुममा २५, उदयपुरमा १४, इलाममा ४, संखुवासभामा २, पाँचथर र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ५५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
परीक्षण गरिएका मध्ये ३०० महिला र ४५१ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो चारदिन प्रदेश १ का ८ वटा बढि प्रयोगशालाबाट दैनिक १ हजार ८ सय बढि स्वाबका नमूनाको पीसीआर परीक्षण हुँदै आइरहेको थियो ।
बिहीबारमात्रै साढे २१ सयको पीसीआर परीक्षण हुँदा १ हजार ३९ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । शुक्रबार भने परीक्षण दर घटेका कारण संक्रमितको संख्यामा पनि कमि भएको हो ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४२ हजार ६०७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ३० हजार ७११ संक्रमणमुक्त भएका छन् शुक्रबार मात्रै ८४ जना संक्रमणमुक्त भए ।
प्रदेश १ मा सक्रिय संक्रमितको संख्या ११ हजार २६९ पुगेको छ ।