प्रधानमन्त्रीसँगको वार्ता भेटेपछि गोविन्द केसीको घोषित अनसन स्थगित

आमरण अनसनको घोषणा गर्नुभएका डा. गोविन्द केसीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेपछि अनसन स्थगित गर्नुभएको छ ।

प्रधानमन्त्रीसँग वार्तामा सहमति भएपछि केसीले अनसन स्थगित गरेको घोषणा गर्नुभएको हो । उहाँले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई तत्काल पदमुक्त गर्नुपर्ने लगायतका माग राखेर सत्याग्रह बस्ने घोषणा गर्नुभएको थियो । तर उहाँको माग अनुसार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गरिएको छैन ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबारे भएको सम्झौता कार्यान्वयन गर्न तथा वैकुण्ठ अर्याल कार्यदलको प्रतिवेदन कार्यान्वयनका लागि तत्काल सिनेट बैठक बोलाउने, पदाधिकारी नियुक्तिको मापदण्ड निर्धारण गर्न बनेका कार्यदलको प्रतिवेदनलाई कानुनी रुप दिने सहमति भएको छ ।

प्रधानमन्त्रीसँग केसीको चार बुँदे सहमति भएको छ । जसमा सार्वजनिक पदमा नियुक्त गर्दा हुने स्वार्थको द्वन्द्व रोक्न कानुनी व्यवस्था गर्ने पहिलो सहमति छ । सोही बुँदामा स्वास्थ्य राज्यमन्त्रीको विषयलाई उपयुक्त समयमा सम्बोधन गर्ने उल्लेख गरिएको छ ।

यसैगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आन्दोलन टुंग्याउने क्रममा भएको सम्झौता कार्यान्वयन गर्ने तथा वैकुण्ठ अर्याल कार्यदलको प्रतिवेदन कार्यान्वयनका लागि तत्काल सिनेट बैठक बोलाउने सहमति भएको छ ।

सहमतिको तेस्रो बुँदामा पदाधिकारी नियुक्तिको मापदण्ड निर्धारण गर्न बनेका कार्यदलहरूको प्रतिवेदनलाई कानुनी रूप दिन सम्बन्धित मन्त्रीको नियुक्ति हुनासाथ  प्रक्रिया अघि बढाउने उल्लेख छ । यसैगरी प्रत्येक प्रदेशमा कम्तीमा एउटा मेडिकल कलेज पुर्याउनका लागि निर्माण कार्यलाई तीव्रता दिने सहमति भएको छ । चिकित्सा शिक्षा ऐनमा संशोधन लगायत बाँकी माग तथा यस अगाडि नेपाल सरकारले गरेको सहमति कार्यान्वयन गर्ने प्रतिवद्धता जनाइएको छ ।  

डा. केसीले स्वास्थ्य राज्यमन्त्रीको राजीनामा लगायतको माग राखि भदौ ३ गतेदेखि अनसन बस्ने घोषणा गर्नुभएको थियो ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने