प्रधानमन्त्री कप टी–२० क्रिकेट उपाधिका लागि पुलिस र एपीएफ भिड्ने

प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र एपीएफ क्लब भिड्ने भएका छन् । सेमिफाइनल खेलमा एपीएफले अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ४७ रनले पराजित गर्दै फाइनलमा स्थान बनायो भने नेपाल पुलिसले बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै फाइनलका लागि स्थान बनाएका हुन् । 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले उत्कृष्ट ब्याटिङको नमूना प्रस्तुत गर्दै २ विकेटको क्षतिमा २३० रन बनायो । एपीएफका लागि प्रदीप ऐरी र आशिफ शेखको जोडीले ओपनिङ गरेको थियो । यो जोडीले पहिलो विकेटका लागि १५० रनको सानदार साझेदारी गरेको थियो । आक्रामक ब्याटिङ गरेका आशिफ ८४ रन बनाएर पभेलियन फर्किए । उनले ४३ बलमा ५ छक्का तथा १० चौका प्रहार गरेका थिए । यसैगरी टिमको स्कोर १६२ रन हुँदा एपीएफका कप्तान शरद भेषावकर दोस्रो विकेटको रुपमा आउट भएका थिए ।

त्यसपछि क्रिजमा आएका लोकेश बमले पनि उत्कृष्ट पारि खेले । १८ बल खेलेका लोकशले ६५ रनको नटआउट पारि खेलेपछि एपीएफको स्कोर २३० रन पुगेको थियो ।लोकेशले ९ छक्का र २ चौका प्रहार गरेका थिए । यसैगरी ओपनिङ आएका ऐरी ५७ रनको नटआउट पारि खेले । उनले ५३ बल फेस गर्दा १ छक्का र ७ चौका प्रहार गरे ।  सुमित  श्रेष्ठ र जितेन्द्र मुखियाले एक एक विकेट लिए । जवाफमा आर्मी क्लब २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ८३ रनमा रोकियो । राम्रो सुरुवात गरेपछि उसका मध्यक्रमका खेलाडी सस्तैमा आउट हुँदा हार्न पुग्यो । 

यस्तै आज भएको पहिलो खेलमा पुलिसको दिएको १५६ रनको लक्ष्य पच्छ्याएको बागमती प्रदेश ८ विकेट गुमाएर १०५ रनमा रोकिए पछि पुलिस ५० रनले विजयी भएको थियो । टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित ओभरमा ५ विकेट गुमाएर १५५ रन बनायो । पुलिसका लागि पवन शर्राफले अर्धशतकीय पारि खेले । उनले ५४ बलमा ३ छक्का र ३ चौकाको मद्दतले ५९ रन बनाएका थिए । ओपनिङ आएका शंकर राना ८ रन बनाएर आउट हुँदा पुलिसले २७ रनमा पहिलो विकेट गुमाएको थियो । त्यसपछि क्रिजमा आएका दीपेन्द्रसिंह ऐरी खाता नै नखोली आउट हुन पुगे । २७ रनमै दोस्रो विकेट गुमाएको पुलिसको पारिलाई पवन र अनिल साहले अघि बढाएका थिए । तेस्रो विकेटको रुपमा अनिल आउट हुँदा पुलिसको स्कोर १०५ रन भएको थियो । १५.१ ओभरमा अनिल व्यक्तिगत २५ रन बनाएर पभेलियन फर्किएका थिए ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने