उदयपुर । उदयपुर जिल्लाको रौतामाई गाउँपालिकाका किशोरकिशोरीहरु २ महिनादेखि निरन्तर सामाजिक सन्जालमा सन्देश मुलक फोटोहरु संकलन गरि सामना- किशोरकिशोरीहरुको रुपान्तरण र संरक्षणका लागि अभियान, नामक फेसबुक पेजबाट भर्चुअल क्याम्पियन चलाउदै आएका छन ।
रौतामाई गाउँपालिका मा वर्ल्ड भिजन ईन्टरनेसनल नेपाल र जाल्पा एकीकृत विकास समाज उदयपुरको सामना परियोजना अन्तर्गत बनेका २० वटा रुपान्तरण कक्षा चल्ने किशोरी समुहका किशोर किशोरीहरुले विभिन्न सन्देश मुलक फोटोहरु सकलन गरि सामना- किशोरकिशोरीहरुको रुपान्तरण र संरक्षणका लागि अभियान, नामक फेसबुक पेजबाट निरन्तर पोस्ट गर्दै आएका छन्।
उक्त किशोरीसमुहहरुले रौतामाई गाउँपालिकाको ८ वटै वडामा किशोर किशोरीहरुको संरक्षणको लागि उनीहरुलाई उपेक्षा,दुव्र्यवहार,विभेद र हिंसा विरुद्धको व्यवस्थापनका लागि किशोर किशोरीहरुको सशक्तिकरण गर्ने उदेश्यले हरेक हप्ता शनिवार रुपान्तरण कक्षा संचालन गर्ने गरिएको र उक्त २० वटा समुहमा ५६० जना किशोरकिशोरी रहेका छन् भने ४० जना साथी सहजकर्ताहरुले उनीहरुलाई सिकाउने गर्छन ।
कोरोना भाईरसको महामारीका कारण लकडाउन भएसंगै रुपान्तरण कक्षा बन्द हुंदा २०२१ मे महिनाको ३० तारिक बाट भर्चुअल क्याम्पियन मार्फत किशोरकिशोरी, अभिभाबक, समुदाय तथा अन्य सरोकारवालाहरुलाई सन्देशमुलक ज्ञान प्रदान गर्न थालिएको हो । उक्त क्याम्पियनमा कोरोनाको लक्षण, महामारी बाट बच्ने उपाए , महिनावारीको सरसफाई, बाल बिवाह न्युनिकरण , जलबायु परिवर्तन , मनसुनी पानी र बाढी पहिरो बाट बच्ने उपाए , वातावरण संरक्षण, आधुनिक कृषि प्रणाली , दिगो बिकास , बाल अधिकार , बालमैत्री स्थानीय शासन , गाउँपालिकालाई बजेट बिनियोजन गर्न अनुरोध गर्ने जस्ता बिषयमा सन्देश फैलाउदै आएको छन् ।
श्रावन महिनामा मेहेन्दिले सबैको हात रंगिनेकुरा आजकाल साधारण मानिन्छ, तर यहि मेहेन्दिलाई फरक तरीकाले प्रयोगमा ल्याई सन्देश लेखेर अभियानको रुपमा अगाडी बढाउदा धेरैलाई सन्देश दिन सकिने कुरा जानकारी गराउदै निरन्तर हातमा मेहेन्दिले विभिन्न सन्देशहरु लेखेर फोटो पोष्ट गर्दै आएको बिहानी किशोरी समुहकी साथी सहजकर्ता किशोरी सुस्मा कुमारी सार्किले बताईन ।
भर्चुअल माध्यमबाट पनि किशोर किशोरीहरुले सन्देश फैलाउन सक्छन भन्ने लागेको थिएन तर उनिहरुको अथक मेहनत,सामना परीयोजनाका कर्मचारीहरुको निरन्तर प्रयासको कारण आज एक नमुना योग्य काम गर्न सफल भएका छन उनिहरुको अभियानले एक फरक कामको शुरु भएको जाल्पा एकीकृत बिकास समाज उदयपुरको अध्यक्ष पुस्पराज पोखरेल बताउनु भयो।
यो अभियानमा करीब ६०० सय किशोर किशोरी प्रत्यक्ष सहभागी भएका छन भने सामाजिक संजालको पहुँचमा हुने हरेक नागरिकले सन्देश हेरेर आफ्नो बानी व्यबहारमा परीबर्तन ल्याउनु हुनेछ भन्ने आशाले नै निरन्तर यो अभियान सन्चालन गरिएको अर्का किशोर लोक बहादुर बि क ले बताउनु भयो ।
सामाजिक संजालको प्रयोग बाट किशोर किशोरीहरुले समय बर्बाद गरिरहेका छन भन्नेहरुको लागि यो एक जबाफ बनेको छ हामिले किशोर किशोरीहरुलाई यस्ता नमुना योग्य अभियानमा लगायौ भने अबस्य पनि किशोर किशोरीहरुको संरक्षण हुने नै छ , जसका लागि हामी निरन्तर यस अभियानमा लागि रहने कुरा जानकारी गराउछन् यस अभियानका सन्चालक जाल्पा एकिकृत बिकास समाज उदयपुरका कर्मचारीहरु ।
फोटो फिचर सहित…………….