१. महलाई गिजामा लगाउनाले दाँत आउँदछ ।
२. सीपको माला लगाइदिनाले दाँत सजिलै आउँछ ।
३. एक चिम्टी पिपलीको धुलोलाई महमा मिलाई गिजामा लगाउनाले दाँत आउँदछ ।
४. काँचो अमलालाई गिजामा लगाउनाले दाँत आउँदछ ।
५. काँचो हलेदोलाई गिजामा लगाउनाले दाँत आउँदछ ।
६. अनारको रसमा तुलसीको रस मिलाई बच्चालाई खान दिएमा दाँत सजिलोसँग आउँदछ ।
७. अनारको बोक्रा छोडाई बच्चालाई हातमा दिनाले बच्चा चपाउँदछ जसले गर्दा दाँत निकाल्दछ ।
साभार ‘ मेरो डाक्टर ’ पुस्तकबाट