बर्षायाम सुरु भएसंगै उदयपुर–खोटाङ जोड्ने सुनकोसी नदिमा लगाईएको बेलिब्रिज निकाल्न सुरु !

मिलन परियार
१२ जेठ

गाईघाट–दिक्तेल अन्तर्गत सगरमाथा राजमार्गस्थित फोक्सिङ्टार सुनकोशी नदीमा जडान गरिएको बेलिब्रिज मंगलवारदेखि खोल्ने कार्य सुरु भएको छ । निरन्तर पानी पर्ने मौसमका कारण नदीमा पानीको बहाब बढ्ने र बेलीब्रीज बगाउन सक्ने खतरा टार्न हरेक वर्ष ६ महिना अवधिका लागि खोलेर राख्ने गरिएको छ ।

वर्षा सुरु भएसँगै उदयपुर र खोटाङ दुई जिल्लाका पैदल यात्रु तथा सवारी आवागमनलाई जोड्ने फोक्सीङटार अस्थायी बेलीब्रीज निकाल्ने कार्य सुरु भएको छ । हिउँद अवधिभरका लागि मात्र सञ्चालन गरिने बेलीब्रीज वर्षायाम सुरु भएसँगै निकालेर राख्ने तयारी थालिएको हो ।

हरेक वर्ष अस्थायी रुपमा हिउद अवधिभर ६ महिनाका लागि जोडीने बेलीब्रीज निकाले पछि वार्षिक आधा समय सीधा सम्पर्कबिहीन रहने गरेको छ । फोक्सिङ्टारको बेलीब्रीज भत्काइएपछि कटारी–घुर्मी हुदै दिक्तेल–गाईघाट यातायात सञ्चालन हुने गरेको छ । खोटाङको खोटेहाङ गाउँपालिका– ९ लिच्किराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने फोक्सिङटारको अस्थायी बेलिब्रीज गत ६ महिनाअघि अर्थात मङ्सिर देखि सञ्चालनमा आएको थियो । फोक्सिङ्टारमा निर्माणाधीन पक्की पुल समयमै बन्न नसक्दा अस्थायी बेलीब्रीजको सहायतामा सवारी आवागमन बाध्यता बन्दै आएको छ ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने