बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

 बालिका बलात्कारको एक मुद्दामा संरक्षकले बयान फेरेपछि जिल्ला अदालत चितवनले झुटा विवरण लेखाएको भनी पीडितकी आमालाई कैद सजायको फैसला गरेको छ ।

तनहुँको देवघाट ३ की ७ वर्षीया बालिकालाई ५८ वर्षका पुरुषले बलात्कार गरेको भनी उनकी आमा शान्ति तामाङले जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दर्ता गराएकी थिइन् । सोही अनुसार अनुसन्धान गरि जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत चितवनमा बालिका बलात्कारको मुद्दा चलायो ।

२०७८ चैत ४ गतेको घटना भनेर चैतको ६ गते बालिकाकी आमाले प्रहरीमा उजुरी गरेकी हुन् । उजुरीकै दिन गरिएको बालिकाको स्वास्थ्य परीक्षणले पनि उनीमाथि बलात्कार भएको प्रमाणित गरेको प्रहरीले पेश गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

भरतपुर १ मा पर्ने नारायणी नदीमा नुहाउन गएको बेला आफूलाई बोलाएर एकान्तमा लगी बलात्कार गरेको बालिकाले उल्लेख गरेकी थिइन् । सोही अनुसारको विवरण दिई बालिकाकी आमाले प्रहरीको संरक्षक पत्रमा हस्ताक्षर गरेकी थिइन् ।

तर, मिसिल अदालत पेश गरेपछिको बकपत्रमा भने उनले प्रहरीमा आफूले झुटो विवरण टिपाएको बनी बयान फेरेकी थिइन् । बालिका बलात्कार जस्तो अति संवेदनशिल मुद्दामा पनि पीडितले झुटो विवरण टिपाएर अदालत, प्रहरी अनि सरकारी वकिललाई उपयोग गर्न खोजेको भनी संरक्षकलाई नै कैद सजायको फैसला गरिएको जिल्ला अदालत चितवनका स्रेस्तेदार ईश्वर आचार्यले जानकारी दिए ।

मुलुकी फौजदारी संहिता कार्यविधि २०७४ को दफा ४४ को उपदफा २ (क) ले झुटा कुरा लेखिदिने वा बनावटी व्यहोराको बकपत्र गर्ने साक्षीलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनसक्ने व्यवस्था गरिएको छ ।

सोही व्यवस्था अनुसार ७ वर्षीया छोरीको बलात्कार जस्तो मुद्दामा बयान फेर्ने आमालाई १५ दिनको कैद सजाय फैसला भएको स्रेस्तेदार आचार्यले जानकारी दिए । अदालतको फैसलासँगै बलात्कार अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका भरतपुर ४ का ५८ वर्षीय नारायण खनालले सफाइ पाएका छन् । स्राेतः INS

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने