बाढी पहिरोबाट ९२ जनाको मृत्यु, ४२ जना सम्पर्कविहीन

आनन्द खड्का
उदयपुर,कात्तिक ४

अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या ९२ पुगेको छ । असोज ३१ देखि शुरु भएको वर्षाका कारण ९२ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बाढी र पहिरोका कारण ४२ जना  सम्पर्कविहीन भएका छन् । वर्षाका कारण प्रदेश–१ मा मात्रै ५३ जनाको ज्यान गएको छ । सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म ३० जनाको मृत्यु पुष्टि भएको प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले बताए ।

बुधवार जुम्लाको हिमा गाउँपालिका–६ मा खोला तर्दा २८ वर्षीय रत्ना शाही बगेर बेपत्ता भएकी छिन् । मोरङको विराटनगर महानगरपालिका–१२ स्थित नालीमा ३६ वर्षीय इशान भुजेलको शव फेला परेको छ । सुनसरीको धरान उपमहानगरपालिका–६ लिम्बुचौर खोलामा दाउरा टिप्न गएका एकजनाको मृत्यु भएको छ । धरान–११ बस्ने वर्ष ४५ का झगेन्द्र राई धरान उपमहानगरपािलका–२० स्थित खैरे खोलामा मृत अवस्थामा फेला परेका छन् ।

ईंटहरी उपमहानगर–५ बस्ने वर्ष ७२ को चन्द्रप्रसाद काफ्ले विराट चोकबाट घरतर्फ फर्कने क्रममा शिवालय मन्दिर छेउको खोल्सीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार कर्णाली प्रदेशमा ७ जनाको मृत्यु भएको छ । लुम्बिनी र बागमतीमा एक–एक जनाले ज्यान गुमाएका छन् । 

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने