बालबिबाह अन्त्यकालागि रौतामाई गाउँपालिकाका किशोरकिशोरी सक्रिय बन्दै ।

आनन्द खड्का 

उदयपुर, ३ माघ

नेपालमा बालविवाह बढि हुने जिल्लाको सूचिमा रहेको उदयपुरको रौतामाई गाउँपालिका वडा नं. २ का किशोरकिशोरीहरुले चिन्ता व्यक्त गर्दै समस्या समाधानमा आफ्नो प्रतिबद्धता सहित स्थानिय सरोकारवालाहरुको ध्यानाकर्षण गराउन शुक्रबार ज्ञापन पत्र बुझाउदै सक्रियता देखएका छन ।

केहि बर्ष यता बर्षेनी दर्जन बढि बालविवाह हुँदै आईरहेको रौतामाई गाउँपालिका वडा नं.२ का प्रतिनिधिमुलक ढंगले ३५ जना किशोरकिशोरीहरुले रौतामाई गाउँपालिका वडा नं। २ मा तथा पालिका जनप्रतिनिधिहरु, वडा बाल अभिकार समितिका पदाधिकारीहरु र बाल मैत्री स्थानीय शासन समितीका प्रतिनिधिहरुको उपस्थितिमा आफनो हस्ताक्षर सहितको ज्ञापन पत्र बुझाएको वडा बाल संजालका अध्यक्ष लोक बहादुर बिकले बताउनुभयो ।

 


ज्ञापन पत्र बुझ्दै रौतामाई गाउँपालिका वडा नं. २ को बालमैत्री स्थानीय शासन समिति सचिब भिमादेवी आचार्यले पछिल्लो समया यस वडामा बाल बिवाह जटिल समस्याको रुपमा देखिएकोले यसको न्युनिकरण गर्न वडाको घर घरमा जागरण अभियान संचालन गर्नुपर्ने साथै सबै ब्यक्ति न्यूनीकरणमा लाग्नु पर्ने बताउनुभयो । उहाँले बालबालिका को प्रतिबद्धता सहितको ज्ञापन पत्र बुझ्दै बाल विवाह न्युनिकरणका लागि वडामा अभियान संचालन गर्ने स्थानिय संघ संस्थाहरुसँग प्रभावकारी समन्वय र सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिबद्धता सहितको ज्ञापन पत्र बुझाउदै रौतामाई गाउँपालिका वडा नं. २ को किशोरी ईन्दिरा कार्किले बाल बिवाह न्यूनिकरण तथा बाल अधिकार संरक्षणका लागि स्थानिय तह तथा बिभिन्न सघंसंस्थाबाट संचालित अभियानहरुमा पुर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । बाल विवाहलाई सामाजिक तथा कानुनी अपराधको रुपमा लिईएकोछ । नेपालको कानुनले २० बर्ष भन्दा कम उमेरमा भएका बिवाहलाई मान्यता नदिई स्वत बदर हुने कुरा उल्लेख गरेको छ भने बाल बिवाह गर्ने गराउनेलाई दण्ड सजायको ब्यवस्था समेत गरेको छ ।
बाल बिवाहले बालबालिकाको शारिरीक, बौद्धिक,सामाजिक तथा संबेगात्मक संगै आर्थिक बिकासमा समेत नकारात्मक असर पार्दछ भने बाल बिवाहका कारण बालबालिकाको बालापन नै खोसिने गर्दछ । बाल्य अवस्थामा भएका यि हानिकारक अभ्यासका कारण भोलि देशमा सक्षम नागरिक तयार गर्न अप्ठेरो समेत पार्दछ ।

 

नेपालले सन् २०३० सम्ममा नेपालबाट बाल बिवाह अन्त्य गर्ने लक्ष्य राखि बाल बिवाह अन्त्यका लागि राष्ट्रिय रणनिति समेत तयार गरि कार्यान्वयन गर्दै आईरहेको छ । यसै सन्दर्भमा बाल बिवाह बढि हुने जिल्लाको सुचिमा रहेको उदयपुर जिल्लाको रौतामाई गाउँपालिकामा पनि सरकारी तथा गैह्र सरकारी निकायहरुको पहलमा बिभिन्न अभियान संचालन गरि बाल बिवाह न्यूनिकरणमा लामो समय देखि कार्यहरु भै राखेको छ । बालबालिका सम्वन्धि ऐन २०७७ र किशोरकिशोरी सुरक्षा,विकास तथा व्यवस्थापन नीनि २०७८ समेत तर्जुमा गरिएको छ । उदयपुर जिल्लाका कुनैपनि स्थानिय तह तथा वडाहरु बाल बिवाह मूक्त भै नसकेको सन्दर्भमा बाल बिवाह बिरुद्धको अभियानलाई अझ मजबुत र प्रभावकारी बनाउन वडा तह देखि नै महत्वपूर्ण भूमिका रहेको कुरालाई आत्मसात गर्दै रौतामाई गाउँपालिकालाई नै बाल बिवाह मुक्त गर्नका लागी साझा अभियान संचालन गर्नुपर्ने आवश्यकता महशुस गरि रौतामाई गाउँपालिका वडा नं.२ का किशोरकिशोरीहरुले विभिन्न सरोकारवाला निकायमा प्रतिवद्धता सहितको ज्ञापन पत्र हस्तान्तरण गरेका छ।

 


यो अभियान रौतामाईलाई बाल बिवाह मुक्त स्थानीय तह बनाउन गाउँपालिकाको ८ वटै वडामा चलाईने र यस अगाडि नै रौतामाई ७ का किशोरकिशोरी हरुले पनि प्रतिबद्धता सहितको ज्ञापनपत्र बुझाएको अर्का अभियन्ता आशिष मल्लले बताउनु भयो ।

 

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने