बालमैत्री स्थानीय शासन तथा घटना ब्यवस्थापन बारे ३ दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न ।

उदयपुर जिला रौतामाई गाउँपालिका केन्द्र भुट्टार मा जाल्पा एकीकृत बिकास समाज उदयपुर को आयोजनामा बालमैत्री स्थानीय शासन कार्यक्रम तथा घटना ब्यवस्थापन बारे ३ दिने क्षमता अभिवृद्घि तालिम सम्पन्न भएको छ । तालिममा बालमैत्री स्थानीय शासन कार्यक्रम अनुसार अग्रसर बनिसकेको रौतामाई गाउँ पालिकाको ८ वटै वडाहरु र उदयपुरगढी गाउँ पालिका १ तावाश्री को बाल अधिकार समितीका जम्मा ४० जना सहभागीले सहभागिता जनाएका थिए ।


रौतामाई गाउँपालिकाको वडा न. २,४ र उदयपुरगढी गाउँपालिकाको वडा न. १ तावाश्री लाई २०७८ साल भित्र नै बालमैत्री वडा घोषण गर्नको लागि अन्तिम तयारीमा लागि रहेको जाल्पा एकीकृत बिकास समाज उदयपुरका बालमैत्री स्थानीय शासन कार्यक्रमका फोकल पर्सन प्रेम बहादुर बुढाथोकीले बताउनु भयो ।
तालिमका दौरान बालमैत्री स्थानीय शासन कार्यक्रमको परिचय, उदेश्य , लक्ष्य , सिद्धान्त तथा कुन कुन सुचक पूरा गर्नु पर्छ र एक बालमैत्री समाज निर्माणमा अपनाईने चरणहरुको बारेमा छलफल गरिएको थियो ।
उक्त कार्यक्रममा बालबालिका तथा किशोर किशोरीहरुको सबालमा घट्ने घटनाको ब्यबस्थापन कसरी गर्ने र समृद्ध समाज निर्माण गरिन्छ भन्ने बारेमा पनि सहभागीहरुलाई जानकारी गराईएको छ ।


बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८ अनुसार ३९ सुचक पूरा गर्नु पर्ने थियो भने बर्तमान बालमैत्री स्थानीय शासन कार्यन्वयन निर्देशिका २०७८ अनुसार केही सुचक परिमार्जन तथा केही सुचक थप गरेर ५१ सुचक पूरा गर्नु पर्ने भएकाले हाम्रो अघिल्लो तयारीमा थप कसरत पश्चात मात्र घोषणा गर्न सकिने भएकाले केही समय लाग्ने उदयपुरगढी गाउँपालिका वडा न १ तावाश्रीको बाल अधिकार समिती अध्यक्ष खेत बहादुर मगरले बताउनु भयो ।


३ दिन सम्म संचालित उक्त तालिमलाई बालमैत्री स्थानीय शासन को क्षेत्रमा कृयाशिल निरन्जना भट्टले सहजीकरण गर्नु भएको थियो । उक्त तालिमले रौतामाई गाउँपालिकालाई बालमैत्री स्थानिय तह घोषणा गर्नमा सहयोग पुग्ने र हामिले ३ – ४ महिना भित्र नै रौतामाई गाउँपालिका को २,४ साथै उदयपुरगढिको १ न वडा गरि ३ वटा वडाहरु बालमैत्री घोषणा गर्न एकदमै सहयोग पुग्ने छ भनी जाल्पा एकीकृत बिकास समाज उदयपुरको कार्यक्रम संयोजक अजय कुमार शाहले बताउनु भयो ।
बालबालिकाको क्षेत्रमा र बालमैत्री स्थानिय शासन सम्बन्धि लामो समयदेखि काम गर्दै आइरहेको र बालमैत्री गाउँपालिका घोषणाको लागि पनि साथ र सहयोग निरन्तर रहने प्रतिबद्घता समेत कार्यक्रमको समापनमा वल्र्ड भिजनका प्रतिनिधी आनन्द खड्काले गर्नुभयो ।

जाल्पा एकिकृत बिकास समाजले र वल्ड भिजन इन्टरनेशनल नेपालले यसरी स्थानिय स्तरमा नै रहेर बिभिन्न किसिमको तालिम, अभियान तथा बिभिन्न किसिमको सहयोगहरु गर्दै आइरहेको र यस तालिमले मmन बालमैत्री वडा घोषणामा थप उर्जा पुगेको जसको लागि आयोजक संस्था र सहयोगि संस्था प्रति धेरै–धेरै धन्यबाद दिदै आगामि दिनहरुमा पनि साथ, सहयोग र समन्वय रहिरहोस् भन्दै कार्यपालिका सदस्य एबं यस कार्यक्रमको सभाध्यक्ष देबिमाया दाहालले कार्यक्रम समापन गर्नुभयो ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने