बाल बिवाह अन्त्यका लागि अन्तरपुस्ता संवाद अभिमुखिकरण कार्यक्रम सम्पन्न

उदयपुरको रौतामाई गाउँपालिकामा ३५ जना सरोकारवालाहरुको उपस्थितिमा बाल विवाह अन्त्यको लागि अन्तरपुूस्ता संवाद सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको छ ।
वल्र्ड भिजन इन्टरनेशनल नेपाल र जाल्पा एकिकृत विकास समाज,उदयपुरको साझेदारी तथा रौतामाई गाउँपालिकाको समन्वयमा संचालन भएको उक्त कार्यक्रम रौतामाई गाउँपालिकाको कार्यलयमा १ देखि ८ वटै वडाका जनप्रतिनिधी , वडा सचिब, किशोर किशोरी र अन्य सरोकारवालाहरुको उपस्थितीमा औपचारिक रुपमा केशब राना मगरले संचालन गर्नु भएको थियो, जसमा निरज न्युपानले सहजीकरण गर्दै अन्तरपुस्ता संवाद के हो ? किन आवश्यक छ ? र कसरी संचालनमा गर्ने भन्ने विषयमा अभिमुखिकरण गरिएको थियो साथै पुस्तापुस्ता बिचको हुर्काइमा रहने भिन्नता तथा बुझाईका कारण सामाजिक मुल्यमान्यताहरुको विकास संगै समाजमा विकृतिहरु पनि आएका छन । सो कुरालाई सम्वोधन गर्नका लागि संवाद आवस्यता रहेको जाल्पा एकिकृत विकास समाज उदयपुरको सहजकर्ता भरत बोहोराले वताउनु भयो ।


पालिकामा विभिन्न सरकारी तथा गैरसरकारी निकायले बाल विवाह अन्त्यकालागि विभिन्न पहल तथा अभियानहरु संचालन गरेता पनि अपेक्षित रुपमा न्युनिकरण गर्न नसकिएकाले संवाद कार्यक्रम संचालन गर्न लागेको जाल्पा एकिकृत विकास समाज,उदयपुरको अध्यक्ष पुष्पराज पोखरेले बताउनुभयो ।
कार्यक्रम पश्चात कार्ययोजना निर्माण गरि रौतामाई गाउँपालिकाको प्रत्येक वडामा संवाद कार्यक्रमबाट उठाइएको समाधानका सवालहरुलाई नीतिगत रुपमा अवलम्वन गर्नका लागि पालिका तथा जिल्ला स्तरमा समेत संवाद कार्यक्रम संचालन गर्ने पोखरेलते जनाए ।
कार्यक्रममा भनाई राख्दै रौतामाई गाउँपालिकाका कार्यवहाक अध्यक्ष होम बहादुर दाहालले यो अभिमुखिकरण कार्यक्रम संंचालन पश्चात संवाद कार्यक्रम निकै प्रभाबकारी रहने कुरा जानकारी गराउदै प्रत्येक वडामा सरोकारवालाहरुलाई समन्वयकारी भुमिका निर्वाह गर्न अनुरोध गर्दै संवाद कार्यक्रमलाई प्रभावकारी वनाउन अनुरोध गर्नुभयो ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने