बाल बिवाह न्यूनीकरणमा नयाँ कामको शुरूवात गर्दै रौतामाई गाउँपालिका अध्यक्ष ।

रौतामाई गाउँपालिका भुट्टार उदयपुरका अध्यक्ष गजेन्द्र बहादुर खड्काले बाल बिवाह न्यूनीकरण गर्नको लागि बिवाहको कार्डमा दुलही र दुलहाको जन्म मिति उल्लेख गर्ने काम आफ्नो घर बाट नै शुरूवात गर्नु भएको छ । उहाले आफ्नो छोरा रमेश खड्काको बिवाहको कार्डमा नै जन्म मिति उल्लेख गरेर नया कामको शुरुवात गर्नु भएको छ ।
रौतामाई गाउपालिकामा गाउँपालिकालाई नै बि स २०८१ सम्म बालमैत्री स्थानीय तह घोषणा गर्न लागिएको छ । त्यस अन्तर्गत विभिन्न संघ संस्थाहरुले र गाउँपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको पहलमा काम गरिरहेको छ ।
गाउँपालिकाले जाल्पा एकीकृत बिकास समाज उदयपुर र वर्ल्ड भिजनसगको सहकार्यमा यस अघि नै बाल बालिका सम्बन्धी ऎन २०७७ र किशोरकिशोरी सुरक्षा बिकास ब्यबस्थापन नीति २०७८ पनि बनाएर कार्यान्वयन गर्न थाली सकेको छ ।


रौतामाई गाउँपालिकामा जाल्पा एकीकृत बिकास समाज उदयपुरको उपेक्षा, दुव्र्यवहार , विभेद र हिसा विरुद्ध किशोरकिशोरीको सशक्तीकरण परियोजना अन्तरगत विभिन्न अभियानका कार्यक्रम संचालित छन । अहिले पालिकाको हरेक वडाका किशोर किशोरीहरु बाल विवाह न्यूनीकरणको लागि आफ्नो प्रतिबद्धता सहित स्थानीय सरकार सग माग सहितको ज्ञापन पत्र बुझाउने अभियान चलाई रहेको र यो काम ले माग सम्बोधन हुने आशा पलाएको एक किशोर लोक बहादुर बिकले बताए भयो । यो काम नयाँ सुरुवात भएको र गाउँपालिकाले हरेक बिवाहमा लागू गर्न सकेमा साँच्चै बाल बिबाह न्यूनीकरण हुनेछ, जुन काम गाउँपालिका अध्यक्षको घरबाट नै शुरु भइसकेको हुनाले चाँडै नै यो अभियानको रुपमा अगाडी बढ्नेछ र आगामी दिनमा सबैले लागु गर्दै जाने हो भने चाँडै नै बाल बिबाह मुक्त , बालमैत्री गाउपालिका बन्ने कुरामा बिश्वास रहेको बिकले जानकारी गराए ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने