सर्वप्रथम त नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अबसरमा देश तथा बिदेशमा रहनुभएका समस्त नारी दिदीबहिनीहरुको सुस्वास्थ्य,दिर्घायु,सफलता र एकताको कामना गर्दछु ।
हामी माझ सर्वबिदितै छ नेपाल प्रकृति को मात्र धनी होइन सस्कृतिको पनि उत्तिकै धनी छ । हाम्रो धर्म सस्कृती बिस्वमा नै सर्बश्रेष्ठ र सर्वाधिक लोकप्रिय छ। यस्तै लोकप्रिय मध्य तिज पनि एक पर्व हो ,जसको आफ्नै प्रकृतिको धार्मिक ,ऐतिहासिक तथा साँस्कृतिक गरिमा छ। तिज को व्रत लाई निकै महत्त्वपूर्ण र शक्तिशाली व्रत मानिन्छ । सत्ययुगमा माता पार्वतिले भगवान शिवलाई पतिको रुपमा पाँउ भनी निलाहार व्रत बसेको फलस्वरूप भगवान शिवलाई पति परमेश्वरको रुपमा प्राप्त गरेको धार्मिक बिस्वास एवं मान्यता रहको पाइन्छ। निलहार व्रत बस्दा मनले चाहेको पूरा हुने धार्मिक बिश्वास छ ।
यस व्रतलाई हामीले यसरी पनि बुज्न सक्नुपर्छ व्रत त्याग ,तपस्या र निस्ठाको पराकाष्ठा पनि हो । व्रत धैर्यता ,समर्पण र भक्तिको प्रतीक पनि हो भन्न सकिन्छ। यश व्रतले श्रीमान को आयु बढाउने र चाहे जस्तो पति भेटिने भनेर मात्र व्याख्या गर्दा तिज को गरिमा खासै देखिदैन । एक महिलाले आफ्नो श्रीमानको लागि कति सम्म त्याग ,समर्पण ,बिश्वास ,माया गर्छिन भनेर पनि हामीले बुझ्न सक्छौ । अर्को तिर एक दिनको व्रत स्वास्थ्यको हिसावले पनि राम्रो मानिन्छ । ध्यान लगाउनु पर्ने कुरा आफ्नो स्वास्थ्य अवस्था हेरेर मात्र व्रत बस्ने गर्नुपर्छ । कसैको भलाई को उद्देश्यले स्वास्थ्यमा हानी पुर्याउनु हुदैन अर्को तिर व्रत आफ्नो बिचार मर्जी को कुरा पनि हो । अरुको करकाप मा व्रत बस्नु राम्रो होइन ।
हामिले बुझे ,देखे र सुने अनुसार हाल केही बर्ष देखि यता तिजलाई भब्यताका साथ मनाउने चलन पनि चलेको छ। जसमा महिला दिदीबहिनीहरुको भेटघाट,सङ्गै नाच्ने खाने,वार्तालाप गर्ने ,एकता,सहकार्य र सद्भाब को राम्रो बिकास भएको देखिन्छ। जसमा नारीहरुको बोल्ने ,नेतृत्व गर्ने र सहभागितामा पनि उत्तिकै टेवा पुगेको छ ।
चेलिहरुको सम्मान सत्कार गरेर घर घरमा बोलाई मिठो मीठो खानाको परिकार ,राम्रो पहिरन र गरगहनाले चिटिक्क पार्ने चलन छ । तिज आउनु धेरै अगाडि देखिनै विभिन्न पार्टी , नाचघान , भ्रमण ,कार्यलय सामुहिक कार्यक्रम ,संघ सङ्गठन , संजाल ले होटेल ,रेस्टुरेन्ट,बनभोज लगाएत विभिन्न तवर तरिका बाट मनाउन थालिएको छ। एकतर्फ मनोरञ्जनात्मक हिसाबले मनाउने परिपाटी सिर्जित हुदैछ । अर्कोतर्फ तिज को नामले बिकृती छाउन थालेको पनि हामीले महसुस गर्न थालेका छौ ।
केही समस्याहरु यस्ता छ्न् ।
घरपरिवार धान्न हम्मे हम्मे हुदा पनि नयाँ नयाँ कपडा,गरगहना किन्न दवाब र जिद्दिपना आउन थालेको छ। महङ्गी झन चर्को हुदैगर्दा ऋण मा परि परि इच्छा ,चाहना पूरा गर्न थालिएको छ। विभिन्न टिकटक ,भिडियोमा बिकृती निम्तिन थालेको छ, टिकटक भिडियो बनाउनकै लागि पनि पार्टी प्यालेस धाउन थालिएको छ।
(तिज आउन कहिले छ कहिले एक महिना अगाडी देखिनै चाहिने भन्दा बढी कार्यक्रम ,पार्टी हुन थालेको छ जसले गर्दा खर्च,समय बर्वाद, संघ सङ्गठन ,सरकारी कर्मचारीहरुले राम्रो सन्देश प्रवाह गरेको छैन।
(गित सङ्गीत विभिन्न डिजे,अनैतिक ,लाचार छाडा प्रबृत्ति का निकाल्न थालिएको छ जसले नेपाली सस्कृती पहिचान लोकलय मा असर परेको छ।
( मोजमस्तीमा लाग्ने परिपाटी ,लहैलहैमा लाग्नु पर्ने बाध्यता सिर्जिएको छ ,दरको नाममा अनावश्यक भोजभतेर गर्ने ,थरिथरिका रंगीचंगी पोशाक,तामझाम ,
यस्ता विभिन्न चलनले तिज लगाएत का चाडपर्व ले नेपाली सस्कृतिको महिमा र गरिमामा सहजै असर पुर्याएको देखिन्छ । यसो भन्दै गर्दा चाडवाड मनाउन नपाइने पक्कै भन्न खोजिएको होइन ।
बरु अलि सकारात्मक, सबैको सामुहिक हित सहज र सरल तरिकाले मनाउन सकिन्छ । भड्किलो र अनावश्यक कार्यक्रम आयोजनाले बिकृती निम्ति रहेको छ ,यस तर्फ गहन ध्यान पुर्याउनु पर्ने देखिन्छ।
सामाजिक रुपान्तरण अभियन्ता
एल बि खाती बिस्वकर्मा (लोक)