उदयपुर जिल्लाको रौतामाई गाउपालिका वडा नम्बर ३ लाफागाउ बस्ने सामाजिक अभियन्ता बिरेन्द्र खड्काले आफ्नो २५ औ जन्म दिनको अबसरमा उदयपुरको त्रियुगा नगरपालिका स्थित रहेको शान्तिधाममा गुरुकुल कक्षामा अध्ययन गर्ने वटुकहरुको १ दिनको भोजनको लागि आर्थिक सहयोग साथै शान्तिधाम परिसरमा बेलको रुख रोपेर मनाएका छ्न ।
खड्काले अघिल्लो पटक को जन्म दिन उदयपुर जिल्लाको रौतामाई गाउपालिका वडा नम्बर ३ लाफागाउको विपन्न भुजेल परिवारका ४ जना बालक सुमन, ध्थान बहादुर, टेक बहादुर र तिलक बहादुर भुजेललाई रु ५,०००। बराबरको शैक्षिक सामाग्रिहरुमा ४ दर्जन कापि, ४ दर्जन नै डटपेन र ४ जोर स्कुल ड्रेश उपलब्ध गराएर मनाएका थिए ।
अभियन्ता खड्का बिगत ६ बर्ष देखि सामाजिक सेवामा कार्यरत छन् । उनि जाल्पा एकीकृत बिकास समाज उदयपुरको सामना परियोजनामा काम गर्छन साथै उनि उदयपुरमा बालबालिकाको क्षेत्रमा काम गर्ने गरेको साथै दिगो विकास लक्ष्य नं. ४ का अभियन्ता र छोरी शिक्षाका लागि राष्ट्रिय संजाल अभियानमा पनि जोडिएका छन साथै शान्तिधाम गाईघाटका उनी आजिवन सदस्य पनि हुन ।
यो बर्ष पनि कोरोना भाईरसको संक्रमणको कारण देशमा फेरि लकडाउनको अबस्था आउन लागेको कारण गत बर्ष भन्दा फरक तरिकाले जन्म दिन मनाएको उहाले बताउनु भयो ।