बेल्जियमसामु पोर्चुगलको अग्निपरीक्षा

फिफाको शीर्ष वरियता र स्वर्णिम पुस्ताको रुपमा चिनिने बेल्जियमले आइतबार प्रि–क्वाटरफाइनलमा साविक विजेता पोर्चुगल र लयमा रहेको क्रिस्टियानो रोनाल्डोको सामना गर्दैछ ।

आइतबार रातिको बेल्जियम र पोर्चुगलबीचको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने पक्का छ । बेल्जियम र पोर्चुगलबीचको खेल स्पेनको सेभियामा नेपालीसमयअनुसार राति १२ः४५ बजे हुनेछ । विश्व वरियताको शीर्षस्थानमा रहेको बेल्जिया साविक विजेता पोर्चुगलको चुनौती पन्छाउँदै क्वाटरफाइनल पुग्ने दाउमा हुनेछ । पोर्चुगललाई हराउन बेल्जियमलाई त्यति सहज हुनेछैन ।
पछिल्लो पाँच खेलको नतिजाले पनि प्रस्ट पार्दछ । पछिल्लो पाँच खेलमा बेल्जियमले पोर्चुगललाई हराउन सकेको छैन । जसमा दुई बराबरी र तीन हारको नतिजा छ । पछिल्लोपटक यि दुई टोलीले सन् २०१८ मा मैत्रीपुर्ण खेल खेलेको थियो । उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो ।


बेल्जियमका लागि पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोको लय टाउको दुखाई बन्न सक्छ । पोर्चुगलले समूह चरणमा ७ गोल गर्दा ५ गोल उनकै नाममा छ । बेल्जियम रोनाल्डो र पोर्चुगलको लयलाई रोक्दै पछिल्लो पाँच खेलमा नपाएको जित निकाल्ने लक्ष्यमा हुनेछ । केभिन डि ब्रुएनको आगमनले बेल्जियम झन बलियो देखिएको छ ।

आक्रमणमा रोमेलु लुकाकु रहँदा कप्तान इडेन हाजार्ड, जेरेमी डोकु, ड्रिएस मेर्टिन्स, युरी टिलेमान्स, थोर्गन हाजार्ड, यान्निक कारास्को, एक्सेल विस्टेल, थोमस म्युनिएर र गोलक्षक थिवाउट कोर्टुवाको साथ रहेको छ । यसबाहेक थोमस भर्मालेन, टोवी एल्डरवेइरेल्ड र क्रिस्टियन बेन्टेके पनि टोलीमा रहेका छन् ।
बेल्जियमले समूह ‘बी’ शतप्रतिशत जित निकाल्दै प्रि–क्वाटरफाइनलमा स्थान पक्का गरेको थियो । यसक्रममा बेल्जियमले रसियालाई ३–०, डेनमार्कलाई २–१ ले तथा फिनल्यान्डलाई २–० ले पराजित गरेको थियो । बेल्जियमको ७ मध्ये ३ गोल लुकाकुले गरेका छन् ।
यता, ग्रुप अफ डेथ मानिएको समूह ‘एफ’ बाट उत्कृष्ट तेस्रो टोलीको रुपमा अघि बढेको पोर्चुगल बलियो बेल्जियमको चुनौती पन्छाउने लक्ष्यमा मैदान उत्रने छ । कप्तान रोनाल्डोको लयमा टोलीले संगठित प्रदर्शन गरिरहेका कारण पोर्चुगले बेल्जियमलाई हराउन सक्ने क्षमता राख्दछ ।
पोर्चुगलले समूह चरणको पहिलो खेलमा हंगेरीलाई ३–० ले पराजित गर्दा दोस्रो खेलमा जर्मनीसँग ४–२ को हार बेहोरेको थियो । अन्तिम खेलमा विश्वविजेता फ्रान्सलाई २–२ गोलको बराबरीमा रोक्न सफल भएको थियो । यो समूह ‘एफ’ बाट फ्रान्स समूह विजेता र जर्मनी उपविजेताको रुपमा अघि बढेको थियो ।

बेल्जियमसँग पछिल्लो पाँच खेलमा अपराजित रहेको पोर्चुगल सोही अपराजित यात्रालाई निरन्तरता दिने लक्ष्यमा हुनेछ । बेल्जियमविरुद्ध रोनाल्डो नै केन्द्रविन्दुमा रहनेछ । इरानका अली दाईको १०९ अन्तर्राष्ट्रिय गोलको कीर्तिमानलाई फ्रान्सविरुद्धको खेलमा २ गोल गर्दै भेट्टाएका रोनाल्डोले बेल्जियमविरुद्ध एक गोल गर्न सके सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बन्नेछन् ।
उनले यसै युरोमा थुप्रै कीर्तिमान बनाएका छन् । पाँच संस्करणको युरो खेल्ने र गोल गर्न खेलाडी बनेका उनी युरोकै सर्वाधिक र युरो र विश्वकपको पनि सर्वाधिक गोलकर्ता बनेका छन् । टोलीसँग कप्तान रोनाल्डोसँगै डिएगो जोटा, रेनाटो सान्चेज, बर्नाडो सिल्भा, ब्रुनो फर्नान्डेस, जोओ मौटिन्हो, डानिलो पेरेइरा, राफयल गुरेइरो, रुवेन डियास, पेपे र गोलरक्षक रुई प्याट्रिसियो टोलीमा रहँदा चोटका कारण नेल्सन सेमेडोले खेल्ने सम्भावना न्युन छ ।
यसबाहेक टोलीसँग जोओ फेलिक्स, आन्द्रे सिल्भा, विलियम कार्भाल्हो, जोओ पाल्हिन्हा, रुवेन नेभेस, डिएगो डालोट र सर्जियो ओलिभेरा टोलीमा रहेका छन् । यि दुई टोलीबीचको १८ भिडन्तमा पोर्चुगल ६ खेलमा विजयी भएको छ । ५ खेल बेल्जियमले आफ्नो पक्षमा पार्दा ७ खेल बराबरीमा सकिएको छ ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने