झापा बुद्धशान्ति गाउँपालिका-३ धाइजन चोकबाट लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सोही स्थानका ३१ वर्षीय भिमल बस्नेत र २९ वर्षीय विशाल बस्नेत छन्।
शनिबार बेलुका पौने ६ बजे उनीहरूलाई लागुऔषध ब्राउनसुगर २ ग्राम ४०० मिलिग्रामसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकोछ ।